८३ किलो मिटर सीमा सुरक्षा गर्न प्रहरीका दुई पोष्ट

८३ किलो मिटर सीमा सुरक्षा गर्न प्रहरीका दुई पोष्ट

दाङ : भारतीय पक्षले सीमा अतिक्रम गरेको सार्वजनिक भइरहेका बेला दाङमा पर्ने नेपाली सीमा सुरक्षाका लागि सुरक्षा व्यवस्था कमजोर देखिएको छ। नेपाल- भारत सीमा क्षेत्रको ८३ किलो मिटर सीमा सुरक्षाको दूरीमा सीमा सुरक्षाका लागि दुईवटा शसस्त्र प्रहरी सुरक्षा बल मात्रै खटिएको छ ।

शसस्त्रको एउटा पोष्ट कोइलावास नाकामा भएपनि अर्को पोष्ट भने सीमा भन्दा झण्डै १२ किलो मिटर भित्र राखिएको छ । ८३ किलोमिटर सीमा सुरक्षाका लागि गढवा गाउँपालिकाको कोइलाबास नाका र राजपुरको सुनडवरीमा सीमा सुरक्षा पोष्ट राखिएको छ ।

यसरी हेर्दा एउटा पोष्टले ४२ किलोमिटर सुरक्षा गर्नुपर्ने अवस्था छ । भारतीय सीमा सुरक्षा बल भने ५÷५ किलो मिटरको दुरीमा राखिएको छ । ८३ किलोमिटर सीमा सुरक्षाका लागि दुई स्थानमा सशस्त्र बल मात्र राखिनु सीमा सुरक्षाका लागि कम भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताए।

उनले यो बीचका ५ स्थानमा नेपाल प्रहरीको सुरक्षा पोष्ट भएको बताए । यस वर्ष अन्य तीन स्थानमा सुरक्षा बल थप गर्ने तयारी गरेका छौं, प्रजिअ रिजालले भने, 'सीमा सुरक्षामा समस्या छन्, आवश्यकताअनुसार सुरक्षा व्यवस्था हुन सकेको छैन, सडक, फोन, विद्युतको पनि त्यस्तै समस्या छ।'

उनले चालु आर्थिक वर्षमा गुरुङ नाका, भैसाही नाका र खङग्रा नाकामा सुरक्षा पोष्ट राख्ने प्रस्ताव गरेको बताए । दाङमा भारतसँग जोडिएका २८ नाका रहेका छन्। यस क्षेत्रमा रहेका ७७ जंगे पिलर र सहायक पिलरको मर्मत भइरहेको उनले बताए । भूगोलकोको विकटताका कारण सहजै सीमानामा प्रभावकारी भूमिका खेल्न र आगमनमा समस्या रहेको रिजालको भनाइ छ ।

सीमामा रहेका एउटा पोष्टका लागि ४० किलोमिटर भन्दा बढी क्षेत्रफलको सुरक्षाको जिम्मा हुनुले सीमा सुरक्षा प्रभावकारी नहुने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।गढवा गाउँपालिकाका वडाध्यक्ष सद्धाम सिद्दीकीले भारतीय पक्षको ५÷५ किलो मिटरमा सुरक्षा पोष्ट रहेको भए पनि नेपालको ८३ किलोमिटर २ वटा मात्रै रहेको बताए ।

उनको राज्यले सीमा सुरक्षामा गम्भीर हुनुपर्ने तर्क छ। सिद्धिकीले सीमा सुरक्षा गस्ती नियमित भएपनि सडक समस्याका कारण प्रभावकारी हुन नसकेको बताए ।सीमामा सडक पहुँच नेपालतर्फ नहुँदा एक स्थानबाट अर्को स्थानमा जान घण्टौं हिडेर जानुपर्ने र फोन समेत भारतीय प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

दाङको गढवा गाउँपालका ८ कोइलावास खबरी नाकको खोलामा रहेको नेपाल भारत छुट्याइएको सीमा पिलर २५ वर्ष देखि ६ मिटर नेपालतर्फ सारिएको छ। स्थानीयले पिलर सारिएको जानकारी गराए पनि त्यसको कहि कतै सुनुवाई नभएको वडाध्यक्ष सद्धाम सिद्धिकी बताए । सीमा स्तम्भ अवलोकन गर्दै गर्दा खबरीका स्थानीयले सीमा स्तम्भ सारिएको जानकारी दिइएको र २÷३ वर्ष अगाडी सीमा स्तम्भ मर्मत गर्दा पनि पुरानो स्थान छोडेर नयाँ स्थानमा राखिएको वडाध्यक्ष सिद्धिकीले बताए ।

'झण्डै ५÷६ मिटर नेपालतिर सीमा स्तम्भ सारिएको छ,' स्थानीयलाई उद्धृत गर्दे वडाध्यक्ष सिद्धिकीले भने, '२५ वर्ष भन्दा पहिलेको अवस्था हेर्दा सीमा सरेको छ। 'सीमा क्षेत्रमा बाटो नहुँदा नियमित रुपमा अनुगमन र निरीक्षणमा समेत समस्या भएको उनले बताए । एउटा सुरक्षा पोष्टलाई १८ वटा नाकासम्म हेर्नुपर्ने वाध्यता छ।

त्यसमा पनि अझ नेपाली भूमीमा बाटो नै छैन । 'भारतको सुरक्षाकर्मी ५÷५ किलोमिटरको दूरीमा तैनाथ छन्,' नेपालको यस्तो हालत छवडा अध्यक्ष सिद्धिकीले भने। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यो विषयमा दुई देशको समन्वय बैठकमा कुरा राख्‍ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.