प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु
![प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/jeep-accident-pyuthan_20191115015636_DaFCyp63f0.jpg)
प्यूठान : प्यूठानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका–४ भिंगृदेखि खालतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको पिकअप जिप स्थानीय मनभीर भन्ने स्थानमा दुर्घटना भएको थियो ।
घटनास्थलमै एक जना र अन्य दुईजनाको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–२ जोगिमाराकी २५ वर्षीय बिना विक र उनका आठ वर्षीय छोरा आन्न विकको उपचारका क्रममा मृत्यु भएको हो।
स्वर्गद्वारी खालकी ४० वर्षीय नजरी विकको घटनास्थलमै ज्यान गएको थियो । गाडी चालक घाइते छन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बिहीबार बिहान पानी बोकेर भिंगृबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको जिपसडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)