‘सीमा रक्षाका लागि जहाँ पनि जान्छौं’

‘सीमा रक्षाका लागि जहाँ पनि जान्छौं’

रुपन्देही : नेपाली सेनाले नागरिकसँगको अन्तरक्रियालाई अघि बढाएको छ। सेना–जनता बीचको दूरी टाढा भएको चर्चा चलेकै बेला सेना नागरिकसँगको छलफलमा जुटेको हो। नागरिक र सैनिक सम्बन्ध मजबुद बनाउने भन्दै ११ जिल्लामा अन्तक्र्रिया गरिसकेको सेनाको श्रव्य दृष्य महाशाखा टोली शुक्रबार बुटवल आएको हो। प्रधानसेनापतिको निर्देशनमा ‘नागरिक सैनिक अन्तर्क्रियाको अवधारणा महाशाखाले अघि सारेको छ।

सेनाको गरुड दल गण बुटवलमा आयोजित कार्यक्रममा सेनाका आचारण, सीमा विवाद, सेना र नागरिक तथा सञ्चारमाध्यम बीचको सम्बन्धलगायतका विषय उठेका थिए।

सीमा अन्तर्क्रियामा नेपाली सेनाका श्रब्यदृष्य महाशाखाका प्रमुख तथा महासेनानी ईश्वरकुमार श्रेष्ठले राज्यले जहाँ खटाए पनि नेपाली सेना पुग्ने बताए। ‘सीमामा के भइरहेको, कस्तो भइरहेको छ र के गर्नुपर्छ भन्ने कुरा सेनाले गहन अध्ययन गरिरहेको हुन्छ’, उनले भने। ‘सेना जाने वित्तिकै सीमाको समस्या समाधान हुने होइन। कुटनीतिक रूपमा दुई मुलुकबीच पहल भइरहेको होला।’

महासेनानी श्रेष्ठले आचरणको कुरामा सेना सचेत रहेको बताए। ‘तालिमको सुरुवातमै आचारणसम्बन्धी कक्षा हुन्छ। तलैदेखि हामीले सिकाएर आउँछौं।’ अन्तक्र्रियामा सञ्चारकर्मीले नेपाली सेनासम्बन्धी सूचना पाउन निकै कठिन भएको गुनासो गरेका थिए। सूचना दिन नमिल्ने गरुड दल गण बुटवलका गणपति ज्योतिकुमार थापाले बताए।

अन्तर्क्रियामा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो। सहभागीले व्यारेक भित्रै मातहतका जुनियर कर्मचारीलाई गरिने विभेदपूर्ण व्यबहार, भाषाशैली सुधार गर्नुपर्ने, इतिहासको जगेर्ना गर्न र युवामा इतिहासको सचेतना जागृत गराउने काममा नेपाली सेनाले भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.