दाङमा भेटियाे अत्याधुनिक हतियार

दाङमा भेटियाे अत्याधुनिक हतियार

दाङ : दाङ प्रहरीले अत्याधुनिक हतियार बरामत गरेको छ। दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार बरामत गरेको हो। 

प्रहरीले पत्रकार सम्मेलन गरेर बरामत गरिएका आधुनिक हतियार सार्वजनिक गरेको छ। बेवारिसे अवस्थामा एक गोठमा लुकाई राखेको अवस्थामा ठूलो संख्यामा हातहतियार तथा गोली गठ्ठा बरामद गरेर सार्वजनिक गरेको हो। 

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हातहतियार दाङ र कपिलवस्तुको सिमाना हुँदै स्थानान्तरण गर्न लागेको विशेष गोप्य सूचनाको आधारमा प्रहरीले हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। 

गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेका ३ र ४ वटा बेवारिसे खाली गोठमध्ये शिवनगर नगरपालिका-१ तर्फको खाली गोठमा राख्न सुटकेसभित्र राखेर लुकाइराखेको अवस्थामा प्रहरीले हतियार बरामद गरेको हो। 

आधुनिक हतियार एस एमजी राइफल ५ थान, म्याग्नीन १३ थान र प्रयोग हुने गोली ३ सय ९० राउण्ड फेला परेको जिल्ला प्रहरी दाङका प्रवक्ता विनोद बिक्रम शाहले जानकारी दिए। 

हतियारको विषयमा अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए। यस्तैबीच दाङ प्रहरीले एकजना विप्लव कार्यकर्तालाई प्रक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका-१ पटेरीखोलाका ३० वर्षीय सेक्सन अध्यक्ष प्रकाश बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.