जाहेरवाला र साक्षीलाई कडा सुरक्षा

जाहेरवाला र साक्षीलाई कडा सुरक्षा

गौर : राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ।

छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ। उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन्।

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ। खातुनको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन। सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन्।

पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए। आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो। सिंहले न्यायाधीश समक्ष पनि आफूलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब आएको बताएका थिए।बमकाण्डका जाहेरीवाला श्रीनारायण सिंह। तस्बिर :  फणि महत

बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता–२ पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको छ। अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ।

आलममाथि थुनछेक बहस चलिरहँदा रामलाई घरबाट लगेर चारदिनसम्म बन्धक बनाइ स्टोभ पड्केर घाइते भएको भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न लगाएका थिए। रामले अदालतमा बम पड्केर आफू घाइते नभएको व्यहोराको निवेदन अदालतमा बुझाएका थिए।

बारामा तीनजना साक्षीहरू छन्। उनीहरू र परिवारलाई सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय बारामा पत्राचार भएको छ। रौतहट, बारा, सर्लाहीमा रहेका जाहेरवाला, साक्षी र पीडित परिवारको सुरक्षाका लागि नजिकैको युनिटबाट प्रहरी खटाइएको रौतहटका एसपी खत्रीले जानकारी दिए।

खटिएका प्रहरीले दिनँहु उनीहरूको अवस्था, सुरक्षाको अनुभूतिका बारेमा बुझेर माथिल्लो निकायमा जानकारी गराउँछन्। आलम पक्षले डर, त्रास, धम्की र अनुचित प्रलोभनमा पार्न सक्ने भन्दै सुरक्षाको मागगर्दै जाहेरवालाको निवेदन परेपछि जिल्ला अदालत रौतहटले मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को ११४ (२) र मुलुकी फौजदारी कार्यविधि २०७५ को नियम ६१ बमोजिम पीडित, जाहेरवाला, साक्षीको उचित व्यवस्थापन गर्न आदेश दिएको थियो।

असोज २६ गते पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार राख्न कात्तिक २९ गते आदेश गरेको थियो। उनलाई नख्खु कारागारमा राखिएको छ। बामकण्डका १० जना अभियुक्त फरार छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.