जिप खस्यो : चालकले बचाए आठ यात्रु

जिप खस्यो : चालकले बचाए आठ यात्रु

डोल्पा : डोल्पामा एक चालकले ठूलो दुर्घटनाबाट यात्रुलाई जोगाएका छन्। 

त्रिपूरा–सुन्दरी नगरपालिका ३ बाट सदरमुकाम दुनै आउँदै गरेको जिप ठूलीभेरी नगरपालिका-३ को भेत्ती ओरालोमा दुर्घटना भएको हो। मे १ ज ९७४ नम्बरको जिपका चालक विनोद बिकले ब्रेक फेल भएको जिप खसे पनि यात्रुलाई जोगाएका हुन्। 

चालकको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भने, ‘मसहित ९ यात्रु थिए। ओरालोमा ब्रेक फेल भयो। सबै यात्रुलाई झारेर ओट लाउने क्रममा जित हुत्तिएर सय मिटर तल पुग्यो।’ 

प्रहरीका अनुसार चालकले ब्रेक फेल भएको जानकारी गराएको केही सेकेन्डमै सबै यात्रु जिपबाट झरिसकेका थिए। 

कच्ची सडक भएकाले जिपबाट यात्रु झर्न भ्याएको अनुमान प्रहरीको छ।  कच्ची सडक र अप्ठेरो बाटो भएकाले १४ किलोमिटर पार गर्न एक घण्टा बढी समय लाग्ने गर्छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.