प्रधानमन्त्रीले शिलान्यास गरेको सडक : आईईई रिपोर्ट नआउँदा काम प्रभावित

प्रधानमन्त्रीले शिलान्यास गरेको सडक : आईईई रिपोर्ट नआउँदा काम प्रभावित

विपीनगर (डोटी) : वातावरण प्रभाव मूल्यांकनको रिपोर्ट आउन ढिलाई  हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ शिलान्यास गरेको सहजपुर-बोगटान-दिपायल सडक कालोपत्रेको कार्य प्रभावित भएको छ। 

२०७५ साल फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओली आफैँ आएर डोटीको बीपी नगरमा सडक कालोपत्रेको शिलान्यास गरेका थिए। ‘तीन वर्षदेखि परामर्शदाताले वातावरण प्रभाव मूल्यांकनको रिपोर्ट पेस गरेको छैन, रूख कटान हुन नसक्दा काममा ढिलाई भइरहेको छ’, निर्माण कम्पनी पिआरएल-कुमार जेभीका फिल्ड इञ्चार्ज इन्जिनियर ईश्वर बस्नेतले भने।

कैलालीमा पर्ने भीमदत्त पन्त राजमार्गको सहजपुरमा जिरो प्वाइन्ट रहेको यो सडक त्यहाँदेखि ५० किलोमिटर अथवा डोटीको अत्तरकाँडासम्म कालोपत्रेको ठेक्का भएको छ। पिआरएल-कुमार जेभीले झण्डै २ अर्ब १६ करोड (एक करोड ९६ लाख अमेरिकन डलर) मा ठेक्का पाएर २०७५ सालको फागुनदेखि कालोपत्रे सुरु गरेको थियो।

‘५० किलोमिटरमा २८ किलोमिटर वन क्षेत्र पर्छ। आधाभन्दा बढी भागमा वन पर्ने भएकाले काम गर्न असहज भएको छ’, इन्जिनियर बस्नेतले भने। ३० महिनामा सक्नुपर्ने गरी ठेक्का भएको सडक कालोपत्रेको काम हुन थालेको १० महिना भइसकेको छ। कैलालीको सहजपुरदेखि अत्तरिकाँडासम्म विभिन्न क्षेत्रमा वन पर्छ। 

निर्माण व्यवसायीले रूख नभएका ठाउँमा मात्र अहिले, व्याक कटिङ, ग्रेड कटिङ, नाली, ग्याबिन वाल र मेसनरी वालहरू निर्माण गरिरहेको छ। ‘प्रधानमन्त्री आफैँ आएर तामझामका साथ सिलान्यास गरियो, वन नभएको क्षेत्रमा त राम्रो काम भइरहेको छ’, उनले भने, ‘तर, वन भएको क्षेत्रमा कटिङ नै गर्न नसकिएका कारण कतै सडक निर्माणमा ढिलाई हुने हो कि भन्ने चिन्ता लागेको छ।’

प्रदेशको राजधानी रहेको कैलाली र साविकको क्षेत्रीय सदरमुकाम दिपायल जोडनका लागि यो एकदमै महत्त्वपूर्ण तथा हालको राजमार्गभन्दा छोटो दूरीको हो। कैलालीको चुरै गाउँपालिका र डोटीको निगाली, अत्तरकाँडा तथा बडीकेदार क्षेत्र सुन्तला, अमिलो र अदुवा उत्पादन हुने पकेट क्षेत्र हुन्। 

‘अहिले सुन्तलाको, अदुवा र तरकारीको ढुवानी लागत नै बढी हुने भएकाले किसानहरूको जीवनस्तर उकास्न सकिएको छैन, यो सडक कालोपत्रे भएमा डोटीको आधा भूभाग र कैलालीको चुरै गाउँपालिकाका किसानको जीवनस्तर माथि उकासिने छ’, कैलालीको चुरै गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले भने।

सहजपुर-बोगटान-दिपायल सडकको वातावरण प्रभाव मूल्यांकनका लागि आईएमईआसी-युिनक इन्जिनियरिङ कन्सल्टेन्सीले तीन वर्षदेखि त्यहाँ काम गरिरहेको भए पनि अहिलेसम्म रिपोर्ट फाइनल गरिसकेको छैन। 

कन्सल्टेन्सीका वातावरण विज्ञ तथा टोली प्रमुख युवराज ढकालले एक चरणको रिपोर्ट तयार पारेर मन्त्रालयमा छलफल भइसकेको बताए।

एक्जिम बैंक अफ इण्डियाको ऋण लगानीमा कालोपत्रे भइरहेको उक्त सडकको डोटीका संघीय सांसद प्रेम आलेमगरले यही कार्तिक २४ गते स्थलगत निरीक्षण पनि गरेका छन्। उनकै पहलमा, ५० किलोमिटर कालोपत्रे सडक आयोजना सुरु भएको हो। 

उनले, चालु आर्थिक वर्षमा थप ३५ किलोमिटर सडकका लागि डेढ अर्बको बजेट बिनियोजन भएको बताए। ‘५० किलोमिटरपछिको ३५ किलोमिटरको पनि यही वर्ष कालोपत्रेको ठेक्का हुन्छ, त्यसका लागि बजेट बिनियोजन भइसकेको छ’, उनले भने।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.