मिर्गौलापीडितलाई गाउँपालिका अध्यक्षको सहयोग
बझाङ : मिर्गौलापीडित दुर्गाथली गाउँपालिका ४ डुंग्रीका ३२ वर्षीया मदनराज जोशीको उपचारका खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले आर्थिक सहयोग गरेका छन्।
जोशीको घरमै पुगेर रोकायले व्यक्तिगत ६० हजार रुपैयाँ सहयोग गरेका हुन्। जोशीको श्रीमती विमलादेवीलाई अध्यक्ष रोकायले घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए।
आर्थिक अवस्था कमजोर भएको र ६ वर्षसम्म उपचार गर्दा लाखौँ खर्च भएको जोशीले बताए। उनको भारतको आन्द्रा प्रदेशमा उपचार गरिँदै आएको छ। जोशीलाई हप्ताको तीनपटक डायलासिस गर्नुपर्छ।
मिर्गौलापीडित मदनराज जोशीको श्रीमती विमलादेवीलाई घरमा पुगेर आर्थिक सहयोग गर्दै खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकाया।
प्रतिक्रिया दिनुहोस !