विद्यालयमा राष्ट्रिय गानसँगै नगर गीत

विद्यालयमा राष्ट्रिय गानसँगै नगर गीत

रुपन्देही : तिलोत्तमा नगरपालिकाका विद्यार्थीले प्रार्थनाको समयमा दुई वटा गान गाउँछन्– एउटा राष्ट्रिय गान, अर्काे नगरको आफ्नै गान । नगरपालिकाले सबै विद्यालयमा नगर गीत गाउन निर्देशन दिएको छ । गत असोज १७ गते नगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गीत गाउन निर्देशन पठाएको थियो । कतिपय विद्यालयले प्रार्थना समयमा नगर गीत कार्यान्वयन नगरेको भन्दै नगरपालिकाले नगर गीत गाउन उर्दी जारी गरेको छ । ‘कतिपय विद्यालयले सूचना कार्यान्वनय नगरेको पाइएकाले अनिवार्य रुपमा राष्ट्रिय गानसँगै नगर गीत गाउने व्यवस्था मिलाउनहुन अनुरोध छ,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘केही विद्यालयमा पुग्दा नगर गीत नबजेको पायौं । त्यसैले फेरि सूचना निकालेर परिपत्र गरेका हौं ।’

नगरपालिकाका शिक्षा शाखाका उपसचिव गंगाराम आचार्यले प्रार्थनाको समयमा राष्ट्रिय गानपछि अनिवार्य रुपमा नगर गीत गाउनुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाले ६६ शब्दको नगर गीत तयार गरेको छ । नगरपालिकाको उर्दीपछि मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयले सोमबारदेखि प्रार्थनासभामा नगर गीत बजाउन थालेको छ । ‘नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाको चिनारी समेटिएको रहेछ । नयाँ अभ्यास हो । हामीले कार्यान्वयन गरेका छौं’, प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भने ।

विद्यालयमा नगर गीत गाउने प्रचलन अव्यावहारिक देखीएको छ । तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित जनजागृति माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिको सिमानामै पर्छ । विद्यालयमा ३५ प्रतिशत जति विद्यार्थी बुटवल उपमहानगरबाटै आउने गरेको जनजागृतिका प्रधानाध्यापक टंकप्रसाद पौडेलले बताए । ‘नगरपालिकाले भनेपछि हामीले पनि नगर गीत गाउन सुरु गरेका छौं,’ उनले भने, ‘यहीं स्थायी बसोबास गर्नेलाई त ठीकै होला ।

अब अध्ययन तथा व्यवसायका लागि अरू ठाउँबाट आएकाले पनि गाउनुपर्ने भयो ।’ नगरपालिकाको सिद्धार्थ बोर्डिङ स्कुलमा आधाजसो विद्यार्थी बुटवलबाट पढ्न आउँछन् । विद्यालयका प्रिन्सिपल यमबहादुर रानाले नगर गीतको कार्यान्वयन गर्न बाँकी रहेको बताए । उनले भने, ‘भरखर भरखर मात्र थाह भयो । कसरी गर्ने भनेर छलफल गर्दैछौं ।’

गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाबाट अध्ययन, जागिर र व्यवसाय गर्नकै लागि मानिस यहाँ छन् । उनीहरुका बालबच्चा विद्यालयमा पढ्छन् । स्थायी ठेगाना नभए पनि उनीहरूले जबरजस्ती नगर गीत गाउनुपरेको छ ।

बुटवल बहुमुखी क्याम्पसका शिक्षा संकाय प्रमुख प्रा. डा. नारायण बेलवासेले नगरपालिकाले लागू गरेको नगर गीत अव्यावहारिक भएको बताए । ‘विद्यार्थीलाई आफ्नो क्षेत्रबारे जानकारी गराउनुपर्छ । त्यसका लागि स्थानीय पाठ्यक्रम बनाउनुसम्म त राम्रो हो,’ उनले भने ‘सबै स्थानीयकरण गर्न खोज्नु उचित होइन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.