नेकपा उम्मेदवारको घरमा बम विस्फोट

नेकपा उम्मेदवारको घरमा बम विस्फोट

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको छ। महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो।  

उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीबाट अध्यक्षको पदको उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह पौने ५ बजे बम विस्फोट भएको छ। गाउँपालिका–४ स्थित उनको घरपछाडि बम विस्फोट भएको हो। विस्फोटबाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बम विस्फोट भएको स्थानमै चौधरीले चुनावी प्रचार–प्रसार र व्यवस्थापनका लागि कार्यालय समेत संचालन गरेका थिए। ठूलो आवाजसहित भएको विस्फोट कुकर बम भएको स्थानीयले बताए। उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विस्फोट भएको हो।

विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ। महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए। चुनावी सुरक्षा व्यवस्था तथा आचार संहिताको अनुगमन गर्न पुगेका सुरक्षा अधिकारीसमक्ष नै ककुर बम विस्फोट भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.