ब्राउन सुगरसहित तीनजना कारोबारी पक्राउ
धनगढी : धनगढीमा ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । धनगढी उप-महनगरपालिक ५ जाई बस्ने २८ वर्षीय इन्द्रजित धामी, ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका-३ घर भई धनगढी उप-महनगरपालिका १ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार राती धनगढी उपमहानगरपालिका १ स्थित पुष्पाञ्जली होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुको साथबाट ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए । तीनैजनालाई पक्राउ थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया दिनुहोस !