उप-निर्वाचन : दाङमा सुरक्षा व्यवस्था कडा

उप-निर्वाचन : दाङमा सुरक्षा व्यवस्था कडा

दाङ : उप-निर्वाचनका लागि दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं ३(ख) र घोराही १६मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा सुरक्षा कमजोरी हटाउन सुरक्षा हाइअलर्टमा राखिएको छ । विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाको समिक्षा गर्दै जिल्लाको सुरक्षा हाईअलर्टमा राखिएको सुरक्षा प्रमुखले बताएका छन्।

जिल्लामा विभिन्न निर्वाचनको समयमा ठूला घटनाहरु घटने गरेका छन्। गएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि दुईवटा ठूला घटना दाङमा घटेका थिए। बम विस्फोटबाट एकजना म्यादी प्रहरीको मृत्यु भएको थियो भने निर्वाचनको दिन मतदान केन्द्रमा प्रहार गरिएको बमलाई सुरक्षाकर्मीको चलाखीका कारण ठूलो क्षतिबाट बचाएका थिए।

अहिले पनि केही सम्भावित त्यस्ता घटना हुनसक्ने आकलन गरेर सुरक्षालाई हाइर्लटमा राखिएको सुरक्षा प्रमुखको भनाई छ । ०५१, २०६४,२०७०,२०७४ लगायतका निर्वाचनमा ज्यानै समेत जाने गरि भएका घटनाका कारण यस पटकको उपनिर्वाचनमा पनि सुरक्षालाई हाईअलर्टमा राखिएको हो। 

जिल्लाको सुरक्षाका लागि तीनै तहको सुरक्षा निकाय परिचालन भएको छ । सुरक्षा निकायका तीनवटा संयन्त्रलाई विभिन्न तरिकाले प्रयोग गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

उनले नेपाल आर्मी नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा अनुसन्धान प्रहरी सुरक्षाका लागि निर्वाचन क्षेत्रमा परिचालन गरिएको बताए । स्थल मार्ग, मोबाइल गस्ती विशेष सूचकको परिचालन समेत गरिएको छ । 

१० मिनेटमा मतदान स्थलमा पुग्ने गरि छुट्टै मोबाइल र क्वीक रेस्पान्स फोर्सको समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । मतदातालाई सुरक्षित रुपमा मतदान गर्ने वातावरण तय गर्न र मतदाता, मतदानस्थल मतपेटिका र कर्मचारी, नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको उनको भनाई छ । 

मदतान स्थलमा जान तयारी अवस्थामा रहेको नेपाल प्रहरी । 

सबै प्रकारको सुरक्षा रणनीति प्रयोगमा ल्याएका छौं, ५ नं प्रदेश प्रहरी प्रमुख डिआजी सुरेश विक्रम शाहले भने, 'सुरक्षालाई हाईअलर्ट राखेर निर्वाचनको सम्पूर्ण गतिविधि सञ्चालन भएका छन्।'

प्रदेशको निर्वाचन हुने सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ, उनले भने, 'हिंसात्मक गतिविधि पूर्णरुपमा हुन नदिने रणनीतिमा हामी छौं, त्यहि अनुसार सुरक्षा संयन्त्र परिचालन पनि भएको छन्। 

विप्लव सुरक्षा चुनौती उपनिर्वाचनका लागि निर्वाचन बहिरस्कार गरेको र सरकारले प्रतिबन्धित गरेको विप्लव समूहको नेकपा सुरक्षाको मुख्य चुनौती रहेको छ । निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने र अन्य शंकास्पद गतिविधि सञ्चालन गर्ने नै सुरक्षाका चुनौति हुन्, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, 'त्यो अवस्थाको पनि आंकलन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले नेपाली सेनाले निर्वाचन क्षेत्रमा सुरक्षा गस्ती समेत बढाएको छ । भने सशस्त्र र नेपाल प्रहरी पनि विशेष सुरक्षा रणनीतिमा देखिन्छ ।
 
उनले मतदातालाई मतदान स्थलदेखि घरसम्मकै सुरक्षा व्यवस्था मिलाएर बिना हिचकिचाहट 'भोट' हाल्न जाने वातावरण सुरक्षा निकायबाट गरिएको जानकारी दिए । 'ढुक्‍क भएर मतदान गर्न जाने वातावरण बनाएका छौँ, उनले भने, 'सुरक्षाका सवालमा कुनै पनि कमजोरी हुने पनि छैन र हुन पनि दिँदैनौं ।

कुनै समस्या नआओस् भनेर विभिन्न ठाउँमा सुरक्षा अप्रेशन, मोबाइल गस्ती, र चेकजाँच पनि कडा पारिएको उनको भनाई छ । उप निर्वाचनको लागि रहेका ३४ वटा मतदान स्थलको पनि सुरक्षा व्यवस्था राम्रो बनाइएको छ । 'मतदानस्थल र मतदातालाई कुनै असुरक्षा नहोस भनेर सबै ठाउँमा सुरक्षाकर्मीलाई 'हाईअलर्ट' मा राखिएको छ,' प्रजिअ रिजालले भने। 

उपनिर्वाचनका लागि ७३ हजार मतदाता रहेका छन् । साडे ४ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.