युएइका युवराजसँग हात मिलाउन खोज्‍ने सानी नानीको रोचक काहानी

युएइका युवराजसँग हात मिलाउन खोज्‍ने सानी नानीको रोचक काहानी

अबुधाबी : यूएइका युवराज तथा शासक शेख मोहमद बिन जियाद अल नह्यानसँग एक समारोहमा हात मिलाउन खोज्ने एक बालिकाको प्रयास असफल भएपछि धेरैको ध्यान ती बालिकातिर तानिएको छ ।

हालैको एक घटना हो, युवराज जियाद एक समारोहमा उपस्थित थिए । जहाँ सानी बालिका अइशा मोहम्मद मसित अल मजरुइ पनि सहभागी थिइन् । समारोहमा उनले युवराज हिँडेको छेउमा गएर बारम्बार हात मिलाउन प्रयास गरिन् ।

तर युवराजले ती बालिकालाई देखेनन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ती बालिका पनि दंग परिन् । बालिका यसकारण पनि दंग भइन् कि, सामाजिक सञ्जालमा ती बालिकालाई देखेपछि युवराजले उनको घरमै पुगेर सद्भाव देखाए ।

ती बालिका र युवराजको यस्तो निर्णयबारे पनि भिडियो भाइरल नै बनाइएको छ । खासगरी ती बालिकाबारे युवराज जियादले देखाएको आत्मियताबारे धेरैले प्रशंसा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.