गल्फ खेल्ने क्रिकेटर

गल्फ खेल्ने क्रिकेटर

ब्रायन चार्लिस लारा एक अन्तर्राष्ट्रिय क्रिकेटर हुन्। उनको जन्म सन् १९६९ मा भएको थियो। ट्रिनिडाड र टोबागोका यी खेलाडी विश्व प्रसिद्ध ब्याट्स्म्यान हुन्। उनको निक नेम प्रिन्सी हो। उनी देब्रेहाते ब्याट्सम्यान हुन्। तर बलिङ भने दाइने हातले गर्छन्।

ब्रायन एघारौं भाइबहिनीमध्ये एक थिए। उनका बुवा बन्टी र बहिनी एग्नेस साइरसले उनी ६ वर्षको हुँदा उनलाई क्रिकेटको कोचिङ कक्षामा भर्ना गरे। त्यसपछि उनले ब्याटिङ गर्ने सही तरिका त्यहीँबाट छिटो सिके।

उनको पहिलो स्कुल सेन्ट जोसेफको रोमन क्याथोलिक प्राइमरी स्कुल थियो। त्यसपछि उनी सान जुआन विद्यालयमा पढ्न गए। १४ वर्षको उमेरमा उनी फातिमा कलेजमा भर्ना भए। त्यहाँ उनले कोच ह्यारी रामदाससँग क्रिकेटको कोचिङको सुरुआत गरे। १४ वर्षको उमेरमा उनले स्कुल ब्वाइज लिगमा सात सय ४५ रन बनाए। त्यो खेलपछि उनी अन्डर- १६ क्रिकेट टिममा छानिए। १५ वर्षको हुँदा उनले पहिलो वेस्ट इन्डिज अन्डर -१९ खेलेका थिए।

सन् १९८७ लाराको सफलताको वर्ष थियो। उनले वेस्ट इन्डिज च्याम्पियनसिपमा चार सय ९८ रन बनाए। उनले कार्ल होपरको चार सय ८० को रेकर्डलाई पनि तोडे। सन् १९९० मा २० वर्षको उमेरमा लारा ट्रिनिडाड र टोबागोको सबैभन्दा कान्छो कप्तान भए। सन् १९९० मा उनले वेस्ट इन्डिजको लागि पाकिस्तान विरुद्धको टेस्ट म्याच खेले।

उनले धेरै रन बनाउँदै विश्व कीर्तिमान राख्दै गए। सन् १९९३ मा लाराले अस्टे«लियाविरुद्धको खेलमा दुई सय ७७ रन बनाए। उनको पाँचौं टेस्ट खेलमा यो पहिलो टेस्ट शतक थियो। यो उनको खेल शृंखलाको महत्वपूर्ण मोड थियो।

उनी व्यक्तिगत र टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।

लारा एक गल्फ खेलाडी पनि हुन्। क्यारिबियन क्षेत्रमा भएको गल्फ प्रतियोगितामा उनले भाग लिए र जिते पनि। सन् २००९ मा उनले ‘लारा रोगल सेन्ट किट्स’ गल्फ क्लबको आजीवन सदस्यता लिए। उनले आफ्नो आत्मकथा ‘बिटिङ द फिल्ड ः माई वन स्टोरी’ पनि प्रकाशन गरेका छन्।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.