अवैध पेट्रोल पप्पमा शिलबन्दी

अवैध पेट्रोल पप्पमा शिलबन्दी

रुकुम : रुकुमको सबैभन्दा पुरानो पेट्रोल पम्पमा जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको छ । मुसीकोट नगरपालिका–५ चाँपामा सञ्चालन हुँदै आएको एभरेष्ट इन्टर प्राइजेज पेट्रोल पप्प अवैधानिक रहेको भन्दै प्रशासनले तालाबन्दी गरेको हो । 

करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको भए पनि उक्त पेट्रोल पप्प सार्वजनिक जग्गामा रहेकाले शिलबन्दी गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । 

‘सार्वजनिक जग्गामा पेट्रोल पप्प सञ्चालन हुँदै आएको रहेछ, यो लामो समयदेखिको विवाद रहेछ', उनले भने, ‘स्थलगत अनुगमण र आवश्यक कागजपत्रहरु अध्ययन गर्दा सार्वजनिक जग्गामा सञ्चालन भएको देखिएपछि शिलबन्दी गरेका छौं ।'

१५ दिनभित्र उक्त ठाउँबाट पेट्रोल पप्प हटाउन समेत प्रशासनले निर्देशन दिएको छ । उक्त पेट्रोल पप्प सार्वजनिक जग्गामा रहेको भन्दै जिल्ला प्रशासनमा पटक-पटक यहाँका स्थानीयले निवेदनसमेत दिएका थिए । तर प्रशासनले कुनै वास्ता गरेको थिएन । सार्वजनिक सम्पत्ति कुनै पनि व्यक्तिले प्रयोग गर्न नपाउने भएकाले हटाएको प्रजिअ पौड्यालको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको सरकारी टोलीले शिलबन्दी गरेको थियो । पेट्रोल पप्पमा शिलबन्दी गर्दा सञ्चालक वसन्त पुनले अनुगमन टाेलीमाथि नै आक्रमणको प्रयास गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । प्रहरीले सञ्चालक पुनलाई नियन्त्रणमा लिएको थियो । तर उनले गालीगलोज भने रोकेका थिएनन् । 

सार्वजनिक स्थानमा सरकारी अनुगमन टाेलीलाई नै आक्रणमको प्रयास गरेका पेट्रोल पप्प सञ्चालक पुनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए । मुद्दा दर्ता गरेर उनलाई पहिलोपटक १० दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.