माथिल्लो डोल्पामा हिमपात, जनजीवन कष्टकर

माथिल्लो डोल्पामा हिमपात, जनजीवन कष्टकर

डोल्पा : माथिल्लो डोल्पामा हिमपात भएको छ । बुधबार राती परेको हिमपातले माथिल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ । मंसिरमै हिउँ परेपछि माथिल्लो डोल्पामा तपाक्रम माइनस १२ भन्दा बढी पुगेकाले चिसो अत्याधिक बढेको स्थानीय छिरिङफुर्वा लामाले जानकारी दिए । 'चिसोले घरबाहिर जान समेत सकेका छैनौं, पानी समेत जमेको छ,' लामाले भने । 

माथिल्लो डोल्पाको पूरै भू-भाग हिउँले सेताम्मे भएको छ । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको कुङ्गातावा लामाले बताए।

 यस्तै छिमेकी जिल्ला हुम्लामा पनि बिहानैबाट हिमपात भएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ।

हिउँ परेसँगै डोल्पाको सदरमुकाम दुनैमा समेत तापक्रम घटेको छ।आज दुनैको तापक्रम माइनस २ भन्दा कम छ । तल्लो डोल्पाका उच्च भू-भगमा समेत हिउँ परेको छ । मौसम परिवर्तनसँगै भारि हिमपात हुनसक्ने भएकाले चिसोबाट जोगिन वृद्धवद्धा र बालबालिकालाई झोलिलो खानेकुरा खानुका साथै चिसोबाट जोगिन घरमै बस्न चिकित्सकले आग्रह गरेका छन्। 

हिमपातले चिसो बढेसँगै माथिल्लो डोल्पाका स्थानीय तल्लो डोल्पाका रिमी,काईगाउँ,पाहाडा, दुनैलागायतका गाउँमा झर्न थालेका छन् । मंसिरमा चिसो छल्न तल्लो डोल्पा आउने गरेका भोटवासी बैशाखमा मात्रै जाने गर्दछन्। हुम्लामा परेको हिमपात। तस्बिर : रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.