समिट एयरको जहाज जुफाल बिमानस्थलमै रोकियो

समिट एयरको जहाज जुफाल बिमानस्थलमै रोकियो

डोल्पा : डोल्पाको जुफाल बिमानस्थलामा समिट एयरको जहाज धावनमार्गमै रोकिएको छ । बिहान ७ बजेतिर जुफाल बिमानस्थल पुगेको समिट एयरको जहाज मौसममा खराब आएपछि धावनमार्गमै थन्किएको हो। 

प्रतिकुल मौसमका बीच यात्रु लिएर आएको समिट एयरको जहाज जुफाल पुग्ने बित्तिकै मौसममा खराबी आएपछि धावनमार्गमै रोकिएको समिट एयरका डोल्पा इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिए । 

'मौसममा सुधार आएको छैन, आउने बित्तिकै जहाज नेपालगञ्ज फर्किने छ,' शाहीले भने। नियमित रुपमा उडान भर्दै आएको समिटले शुक्रबार पनि पहिलो उडान डोल्पाका लागि भरेको थियो ।  मौसमका कारण डोल्पाबाट जहाज उड्न नसकेको जुफाल बिमानस्थलले जानकारी दिएको छ। नाइनएन एएमपी कल साइन भएको समिटको जहाज जुफाल बिमानस्थलमा  थन्किएको हो । 

 
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.