घाँस काट्दै गरेकी महिलाको हत्या
बुटवल : रुपन्देहीमा ५५ वर्षीया महिलाको हत्या भएको छ। तिलोत्तमा नगरपालिका-१० कान्छीबजारकी कमलादेवी परियारको हत्या भएको हो।
कान्छीबजारमा प्लटिङ गरेको बाझो जमिनमा घास काट्दै गरेकी उनलाई सोही स्थानमा २७ वर्षिया विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार गुरुङले महिलामाथि धारिलो हतियार प्रयोग गरेको देखिएको छ। घाटीमा गम्भीर चोट लागेपछि उपचारको क्रममा परियारको मृत्यु भएको उनले बताए। हत्या गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घास काट्ने् सामान्य विवादमा हत्या भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस !