बमविष्फोट पीडित परिवारलाई भेटे मुख्यमन्त्रीले

बमविष्फोट पीडित परिवारलाई भेटे मुख्यमन्त्रीले

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर शुक्रबार मध्यरातमा भएको बम बिस्फोट घटनाका पीडित परिवारलाई भेटेका छन् । आइतबार बिहानै मुख्यमन्त्रीसहितको टोली घटनास्थल पुगी बम विस्फोट घटनाको बारेमा बुझि पीडित परिवारलाई सान्तवना दिएका छन् ।  

पीडित परिवारलाई भेट्न पुगेका मुख्यमन्त्री राउतले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवार राहत समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने समेत बताए ।

मुख्यमन्त्री राउतसँगै प्रदेशसभा सभामुख सरोज कुमार यादव, समाजवादीका प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेशसभा सदस्य सिघासन सा कलबार, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा सहितको सहभागिता रहेको थियो ।

शुक्रबार मध्यरातमा बम बिस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रगरका प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको थियो । मृतक दाहालसहित राजेश साह र आनन्द साहको शनिबार साँझ अन्तेष्टि गरिसकेको छ । 

घटनाको छानविनका क्रममा पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए । उनले भने,  'पक्राउ गरेर अनुसन्धान गर्दैछौं, अहिले नै केही भन्न सकिने अवस्था छैन, तर छिट्टै यसको रिजल्ट आउँछ ।'


  
प्रदेश २ का मुख्यमन्त्री राउत र सभामुखसहितको टोली घटनास्थलमा। तस्बिर : अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.