साग पदक विजेता खेलाडीलाई गृहनगरमा सम्मान

साग पदक विजेता खेलाडीलाई गृहनगरमा सम्मान

महेन्द्रनगर : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगतामा कञ्चनपुरबाट पदक विजेता खेलाडीलाई गृहनगरमा सम्मान गरिएको छ । कञ्चनपुर घर भएका पाँचजना महिला तथा पुरुष खेलाडीले सागमा स्वर्ण जितेका छन्। कञ्चनपुरबाट भारोत्तलन, कवड्डी र कुस्तीमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई भीमदत्तनगरपालिका ७ ले मङगलबार सम्मान गरेको हो। 

सम्मानित हुनेमा सागमा कुस्तीतर्फका निर्मला जागरी, अम्बिका भण्डारी, भारोत्तलनका पदक वजेता सागर भण्डारी र विशाल विष्ट र खोखो खेलका सन्तोषसिंह बोहरालाई सम्मान गरिएको छ। 

वडा कार्यालयले साग महिला कवड्डी टिमका सहायक प्रशिक्षक विश्णुदत्त भट्ट, कुस्ती प्रशिक्षक राजेन्द्र चन्द र भारोत्तलनका प्रशिक्षक जीवन गौतमलाई पनि सम्मान गरेको हो । 

यस्तै कृष्णपुर नगरपालिकाले पनि नगरपालिका क्षेत्रबाट सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । कृष्णपुर नगरपालिकाका सुचना अधिकृत प्रेम बोगटीले कृष्णपुरमा तेक्वान्दोमा स्वर्ण पदक विजेता खेलाडी वीरबहादुर महरालाई  ५१ हजार नगर र तेक्वान्दोका रजत विजेतत मनोज मल्ललाई ३० हजार नगदसहित सम्मान गरेको बताए।

नेपाली कुस्तीको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी भीमदत्तनगरपालिका ३ का संगिता धामीलगायत पदक विजेता खेलाडी वडा ३ ले आइतबार सम्मान गरेको थियो । सम्मानपछि खेलाडीले सम्मान पाउँदा खेलप्रति हौसला मिलेको प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.