बाल विवाह गर्ने जेल चलान

बाल विवाह गर्ने जेल चलान

राजविराज : बालविवाह गर्ने एक भारतीय नागरिकलाई सप्तरी जिल्ला अदालतले एक महिना कैद र १० हजार जरिवानाको सजाय तोकेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन ७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई कैद र जरिवानाको फैसला गरेको हो।

जबरजस्ती बाल विवाह गराएको भन्दै जिल्ला अदालतले बालिकाका बुवा ३६ वर्षीय बिजयकुमार मुखिया र आमा ३४ वर्षीया ललीतादेवी मुखियालाई समेत जनही पाँच हजार जरिवाना तोकेको जनाएको छ ।

इच्छाविपरित ०७५ जेठ ६ गते बालविवाह गराई दिएको भन्दै १४ वर्षीया बालिकाले उजुर गरेपछि सुनसरीको भण्टाबारीबाट आरोपित रामकुमार पक्राउ परेका थिए । ससुराली घरबाट रामकुमारसँगै माइत फर्किरहेका बेला पीडितले प्रहरीलाई उजुर गरेपछि सुनसरी प्रहरीले रामकुमारलाई पक्राउ गरी ०७५ असार १ गते सप्तरी प्रहरीलाई बुझाएको थियो । 

सप्तरी जिल्ला अदालतले दाहिने हात-खुट्टा शारीरिकरूपले अपांगता भएका आरोपित रामकुमारलाई ०७५ असार २७ गते १५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो। बालिकाले बालविवाहमा संलग्न आफ्ना आमाबुवाविरुद्ध समेत इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीमा ०७५ असार १ गते उजुरी दर्ता गराएकी थिइन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ को उपदफा १ मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । उपदफा २ मा त्यस्तो विवाह स्वतः बदर हुने र उपदफा ३ मा बालविवाहको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.