पुराना कपडाबाट बनेका डिजाइनमा सजिए मोडल

पुराना कपडाबाट बनेका डिजाइनमा सजिए मोडल

काठमाडौं : ‘अ वाल्क फोर वार्म्थ’ नामक फेसन शो कार्यक्रम सम्पन्न भएको छ। ‘द क्लोथिङ बैंक’ ले आयोजना गरेको उक्त कार्यक्रम मंगलबार साँझ नक्सालस्थित म्यारिटन होटलमा सम्पन्न भएको हो।  फेसन शोमा नेपालका टप १० मोडलले वाक गरे। यो शो को आयोजना भने नितान्त फरक उद्देश्यका साथ गरिएको थियो। फेसन शो भन्ने वित्तिकै मोडललाई नयाँनयाँ डिजाइनका महंगा र रंगीचंगी कपडा चाहिन्छन्। यो शोमा भने मोडल पुराना र फालिएका कपडालाई प्रयोग गरेर डिजाइन गरिएका कपडामा सजिएका थिए। यी डिजाइन कुनै नयाँ र महंगा कपडाभन्दा कम थिएनन्। 

मोडलले पुराना कपडाबाट बनेको कपडा लगाएर वाक नै गरिसकेपछि अन्य समान्य मानिसले पनि पुराना कपडा लगाउन असहज महसुस नगरुन भन्ने नै यो कार्यक्रमको उद्देश्य थियो। कार्यक्रमकी संयोजक अभिनी दीक्षितले पनि लाहानमा ६ वर्षिया बालकको चिसोका कारण मृत्यु भएपछि यो क्लोथ बैंक खोल्ने अवधारणा आएको बताउँदै कार्यक्रममा सबैलाई स्वागत गरेकी थिइन्।

कपडा धोएर लगाउँदा केही फरक पर्दैन भन्ने सन्देश दिने उद्देश्यले नयाँ कन्सेप्ट ल्याएर यो कार्यक्रम गरिएको ‘द क्लाथिङ बैंक’ का संयोजक श्री गुरूङले जानकारी दिए। 

‘हामी सबै एउटै प्लेटमा मिलेर खान्छौँ, सुत्छौँ तर कपडा सेयर गर्न असहज मान्छौँ। बरू फालिदिन्छौँ तर लगाउँदैनौँ’, उनले भने,‘कपडा अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् र कपडालाई फोहोरका रूपमा फाल्नुभन्दा त यसलाई रिसाइकल गरी गरिब र असहाय मानिसहरूलाई दिन सकियोस भनेर हामीले यो काम गरिरहेका छौँ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.