अधिकृत कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

अधिकृत कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

रुकुम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

बुधबार राती केसीमाथि आक्रमण भएको हो । वडाध्यक्ष विक नेतृत्वको युवाहरुले आक्रमण गर्दा केसीको टाउकोमा ५ वटा टाका लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

कार्यालयको काम सकेर आफ्नो निवासतर्फ जाँदै गर्दा नगरपालिका ९ को राडी बजार नजिकै प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रम भएको उनले बताए ।

वडाध्यक्ष विकसहित उनका भाइ गोपाल विकलगायतका युवाले आक्रमण गरेको डीएसपी खड्काले जनाए । वडाध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरेपनि गोपाल फरार भएकाले खोजी भइरहेको बताइएको छ । 

वडाध्यक्ष केशरमानको डोजरले काम गरेको पैसा भुक्तानी नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत केसीमाथि आक्रमण गरेर प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खड्काले जानकारी दिए । पीडित केसीले किटानीसहित प्रहरीमा उजुरी दर्ता गरेका छन् । मुद्दा दर्ता भएसँगै घटनाको विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । 

घटनाको विषय लिएर नगर उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै तत्काल दोषीलाई कारबाहीको माग गरेकी छिन् । दुई÷तीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीले पनि छुट्टै विज्ञप्ति निकालेका छन् । कर्मचारीले वडा नम्बर ३ का अध्यक्षको योजनामा उनका भाइ गोपाल र हरिश विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण गरेको भन्दै कडा कारबाहीको माग गरेका छन् ।

दोषीमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने विज्ञप्तिमार्फत चेतावनी समेत दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.