जेब्रा क्रसिङमा बिहेको फोटोसुट

जेब्रा क्रसिङमा बिहेको फोटोसुट

अचेल विवाहमा फोटोसुट (तस्बिर शृंखला) गर्ने प्रचलन संसारभरि नै लोकप्रिय छ। विवाहअघि, विवाहमा र विवाहपश्चात् सुन्दर तस्बिरहरू क्यामेरामा कैद गरेर जीवनका सुन्दर क्षणलाई अतीतका लागि सँगाल्ने गरिन्छ। यो एक प्रकारको फेसनसमेत भएको छ। प्राकृतिक स्थल, ऐतिहासिक स्मारक, सांस्कृतिक सम्पदालगायत आकर्षक स्थानमा विवाहको तस्बिर शृंखला समेटिने गरिन्छ। 

चीनमा एक नवविवाहित जोडीले फोटोसुटका ठाउँ रोजे– जेब्रा क्रसिङ। कुरा दुईतीन हप्ताअघिको हो। 

व्यस्त सडकमा तस्बिर खिचाउने बेहुला–बेहुलीको नाम भने खुलाइएको छैन। घटना हुबेई प्रान्तको हो। हालसालै चिनियाँ सामाजिक सञ्जाल सिना विइबोमा साझा भएको भिडियोले चौतर्फी आलोचना बटुलिरहेको छ। 

फोटोग्राफी कम्पनीका केही कर्मचारीले व्यस्त सडकको बायाँपट्टि रातो कार्पेट ओछ्याएका थिए। बेहुला–बेहुली विभिन्न पोजमा फोटो खिचाइरेहका थिए। पैदलयात्रीलाई बाटो काट्न असुविधा भएको थियो। सवारी साधनहरूको आवतजावतमा अवरोध उत्पन्न भएको थियो। 

कसैको पर्वाह नगरी सेतो पहिरनमा सजिएकी बेहुली र कालो सुटमा ठाँटिएका बेहुलाले सडकको बीचमा, जेब्रा क्रसिङमा उभिएर, बसेर, सुतेर विविध पोजमा फोटो खिचाएका थिए।

यो चर्तिकला १०–१२ मिनेटसम्म चल्यो। ट्राफिक प्रहरीलाई बटुवाले फोन गरेपछि जेब्रा क्रसिङमा तस्बिर–लीला सकिएको थियो। ट्राफिकले नवविवाहित जोडी र फोटोग्राफी टोलीलाई त्यहाँबाट लखेटेको थियो। 

सामाजिक सञ्जालमा जेब्रा क्रसिङमा तस्बिर शृंखला तयार पार्ने नवविवाहित जोडीको चर्काे आलोचना भएको छ। एक जना सञ्जाल प्रयोगकर्ताले लेखेका छन्–‘समुद्रको किनार, पहाडको फेदीजस्ता ठाउँ छोडेर जेब्रा क्रसिङ रोज्ने नवदम्पतीले मूर्खताका सबै हद पार गरेका छन्। सडक तिनका पिताजीको सम्पत्ति हो ? नयाँ जीवन सुरुवात गर्ने यो भद्दा तरिका हो। पैदलयात्रुले तिनलाई कति सरापे होलान् !’

नवदम्पती र फोटोग्राफरलाई प्रहरीले खोजिरहेको र उनीहरूलाई कडा कारबाही हुन सक्ने समाचारमा बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.