नेपाली ब्यवसायीलाई फ्रान्सको उच्च सम्मान
काठमाडौं : नेपाल–फ्रान्स सम्बन्ध र आर्थिक सहकार्यमा ५० वर्षदेखिलगातार काम गर्दै आएका श्याममोहन श्रेष्ठलाई फ्रान्स सरकारले विदेशी नागरिकलाई उपलब्ध गराउने सर्वोच्च पदकले सम्मान गर्ने भएको छ।
विदेशी नागरिकलाई उपलब्ध गराउने सर्वोच्च विभुषण लिन नेपाल सरकारले स्वीकृत दिइसकेको छ। गत मंसिर २० मा मन्त्रिपरिषद्ले त्यो विभुषण लिन स्वीकृत प्रदान गरेको हो। ‘लो सवालिय दो ला लेजिओ डोनअं’ नामक उक्त उपाधि नेपाल–फ्रान्स चेम्बर अफ कमर्स तथा इन्डस्ट्रिजका अध्यक्षलाई दिन लागिएको हो।
फ्रेन्च सम्मान र नेपाल सरकारको स्वीकृतिले दुई देशको पुलको रूपमा सक्रिय रहन आफूलाई थप हौसला मिलेको श्रेष्ठले बताए।
सन् १९७० मा २३ वर्षकै उमेरमा श्रेष्ठ भारत, पाकिस्तान, अफगानिस्थान, इरान, टर्की, बुल्गेरिया, रोमानिया र इटाली हुँदै स्थल र जलमार्ग मार्फत फ्रान्स पुगेका थिए।
फ्रेन्च भाषा फैलाउन उनले स्थलमार्ग हुँदै आठ मुलुक पुगेको र नेपाल आएर पनि दुईपक्षीय सम्बन्धमा ट्र्याक टुमार्फत काम गरेका थिए।
फ्रान्सले त्यो समय समेत स्मरण गर्दै उनलाई चुनेको हो। गएको दुई वर्षमा नै नेपाल फर्किएर सन् १९७२ देखि एअर फ्रान्समा जागिर गरेका उनी तीन दशक बढी नेपाल प्रमुख रहेर काम गरे।
त्यससँगै उनले दुईपक्षीय ब्यापार र होटल ब्यवासयमा समेत लागेका उनले सन् १९९६ मा नेपाल–फ्रान्स चेम्बरअफ कर्मस तथा इन्डस्ट्रिज नै स्थापान गरी सहकार्य बढाएको फ्रान्सेली दूतावासले जनाएको छ। उनी अहिले पर्यटन प्रवद्र्धन दुईपक्षीय ब्यापार बृद्धिलगायतमा सक्रिय छन्।
प्रतिक्रिया दिनुहोस !