सर्वाधिक कमाउने व्यक्तिको सूचीमा आठ वर्षीया बालक
![सर्वाधिक कमाउने व्यक्तिको सूचीमा आठ वर्षीया बालक](https://annapurnapost.prixacdn.net/media/albums/Ryan-world_20191221120859_fWNE0YJrpH.jpg)
फोर्ब्स म्यागजिनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत्कृष्ट १० को सूचीमा एक बालकलाई समेटेको छ। ‘र्यानको वर्ल्ड’ नामक कार्यक्रम चलाउने र्यानले युट्युबबाट २.६ करोड अमेरिकी डलर कमाएका हुन्। ८ वर्षीय र्यानले सन् २०१८ मा २.२ करोड डलर कमाएका थिए।
सन् २०१८, जुनदेखि २०१९, जुनसम्मको अनुमानित कमाइको आधारमा फोर्ब्सले यो सूची सार्वजनिक गरेको हो। उनीपछि बढी रकम पाउनेमा ‘ड्युड पर्फेट’ दोस्रो स्थानमा र‘नास्ट्या’ तेस्रो स्थानमा छन्। उनीहरुले २ करोड र १ करोड ८० लाख अमेरिकी डलर कमाएको फोर्ब्सको सूचीमा उल्लेख छ। त्यो विवरण अनुसार सन् २०१९ का १० उत्कृष्ट युट्युबरले अनुमानित १६ करोड २० लाख डलर रकम आर्जन गरेका छन्।
र्यानलाई युट्युबमा २ करोड भन्दा बढी प्रयोगकर्ताले सब्स्क्राइब गरेका छन्। १० लाख बढी मानिसले उनको भिडियो प्रत्येक दिन हेर्छन्। उनले आफ्ना भिडियामा रमाइला कुरा हुने भएकाले धेरैले मन पराउने गरेको बताएका छन्।
ड्युड पर्फेक्टले ३० वर्ष उमेर कटिसकेका ५ साथीले नेर्फ गन र अन्य खेलौना लिएर विभिन्न प्रकारले तारो हानिरहेको देखाउने गरेको छ। नास्ट्याले दक्षिण रुसमा जन्मिएकी सेरब्रल पल्सी अर्थात् मस्तिष्को पक्षाघात भएकी एनास्तासिया राड्जिन्स्कायालाई देखाउने गरेको छ। त्यस्तै जेफ्रि स्टारको युट्युब च्यानलमा उनले मेकअप गर्न सिकाएको भिडियो छन्।
फोर्ब्सले विज्ञापन, प्रायोजित सामग्री र अन्य समान बिक्रीबाट आउने आम्दानीको हिसाब अनुमान गरेको छ। त्यो कर तिर्नु अघि युट्युब च्यानल सञ्चालकले कमाउने रकमको अनुमान हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)