बच्चालाई ‘डे केयर’मा राख्दा

बच्चालाई ‘डे केयर’मा राख्दा

कामकाजी अभिभावकले अफिस जाँदा छोराछोरी डे केयर सेन्टरमा राख्ने गरेका हुन्छन्। जहाँ खाने, सुत्ने, खेल्नेलगायत सबै व्यवस्था हुने गर्छ। यहाँ बच्चाले नयाँ कुरा सिक्छन् र अरूसँग घुलमिल हुन्छन्। डे केयरले अभिभावकलाई काम गर्न सहज वातावरण सिर्जना गरे पनि सम्पूर्ण रूपमा त्यसकै  भर पर्नु ठीक हुँदैन। बच्चालाई डे केयरमा राख्दा ध्यान दिनुपर्ने कुराः

–अफिसबाट फर्किएपछि केही समय बच्चासँग बिताउनुहोस्। कुराकानी गर्नुहोस्। ‘आज डे केयरमा के–के गरियो ?’, ‘के खाइयो ?’, ‘रमाइलो भयो कि भएन ?’ लगायत सोध्नुहोस्। बच्चाले अनौठो उत्तर दिएमा बेवास्ता गर्नु हुँदैन। बच्चाले यसो किन गरिरहेको छ ? बुझ्ने प्रयास गर्नुपर्छ।

–डे केयरबाट फर्किएपछि बच्चाको शरीर जाँच्नुहोस्। चोटपटकको घाउ–निसान त छैन भनेर हेर्नुपर्छ। निसान भएमा के भयो, कसरी भयो बच्चा र डे केयर सञ्चालकबाट बुझ्नुपर्छ।

–डे केयरमा खानेकुरा, सुत्ने बेड लगायतको राम्रो सुविधा छ कि छैन, हेर्नुपर्छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

–डे केयरका कर्मचारीले बच्चासँग राम्रो व्यवहार गरेको हुनुपर्छ।

–अभिभावक र डे केयरका सञ्चालक, कर्मचारीबीच संवाद हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.