तालमा डुबेर दाङमा दुई बालकको मृत्यु
दाङ : दाङमा पानीको तालमा डुबेर दुई बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १ अठ्ठाइसेमा रहेको किचेनी ताल (दह)मा डुबेर दुई बालकको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
स्थानीय भुपेन्द्र घर्तीको साढे २ वर्षीया छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्तीको पानीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। खेल्ने क्रममा बालकहरु पानीमा डुबेको प्रहरीको भनाइ छ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। दाङ प्रहरी प्रमुख जनक भट्टराईले दुई बालक पोखरीमा डुवेर मरेको भन्दै थप अनुसन्धान भइरहेको बताए।
एकै गाउँका दुई बालकको डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। दाङमा पोखरी र तालमा डुवेर मृत्यु भइरहेको छ। यस अघि पनि तीन जना बालिकको डुवेर एकै साथ ज्यान गएको थियो।