भेटिएनन् पनौतीबाट चोरिएका मूर्ति

भेटिएनन् पनौतीबाट चोरिएका मूर्ति

काठमाडौं : विश्व सम्पदा सूचीका लागि प्रस्तावित पनौतीका मठमन्दिरबाट चोरिएका मूति अझै भेटिएका छैनन्। सन् १९८० को दशकतिर पनौतीका थुप्रै मूर्तिहरू चोरी भए। पनौतीबाट ९ वटा महत्त्वपूर्ण मूर्ति हराएको पुरातत्त्व विभागको अभिलेखले देखाएको छ।

धार्मिक, सांस्कृतिक महत्त्वको पनौती क्षेत्रमा तीन तल्ले प्यागोडा शैलीका तीन ठूला मन्दिर छन् भने दुई तल्ले ६ वटा मन्दिर छन्। तीनवटा द्यःछेँ (देउता राख्ने घर), आठ अष्ट मात्रिकाका सानासाना मन्दिर, नौवटा टोले गणेश मन्दिर र तीन वटा पुजारी मठ छन्।

पनौतीबाट १३औं र १४औं शताब्दीका मूर्तिहरू प्रायः चोरी भइसकेका छन्। १४औं शताब्दीको सूर्य अंकित नारायणको मूर्ति सन् ८० को दशकमा पनौती त्रिवेणी घाटबाट हराएको थियो। तर, अहिलेसम्म भेट्टाउन सकिएको छैन।

त्रिवेणी घाटबाटै विष्णु, शिव र सूर्य अंकित मूर्तिहरू हराएका छन्। पनौतीको गहिती (ढुङ्गेधारा) मा रहेको तीन मूर्ति मध्ये एक मूर्ति चोरी भएको छ। हराएको टोले गणेशको मूर्ति स्थानीयले नै रकम जम्मा गरी पुनः बनाए।

चार मूर्तिहरू त्रिवेणी घाटबाट, दुई मूर्ति बजार क्षेत्र र बाँकी इन्द्रेश्वर महादेव मन्दिर परिसरबाट हराएका छन्। ब्रम्हयणी मन्दिरको मूर्ति चार पटकसम्म चोरी भएको पनौती सम्पदा क्षेत्रका इन्जिनियर प्रेम सोनाम बताउँछन्। ‘मूर्ति पटक पटक चोरी भएका छन्’, सोनामले भने, ‘चोरी भएपछि नयाँ प्रतिस्थापना गरिएको मूर्ति समेत चोरी भएका छन्।’

सम्पदा क्षेत्रका कतिपय मन्दिर मूर्ति नभएपछि भत्किएका छन् भने कुनै बन्ने क्रममा छन्। चोरी भएका वा हराएका कतिपय ढुंगामा कुदिएको आकृति भेटिएका पनि छन्। ८० को दशकमा घोडाको रथमा सवार सूर्य अंकित शिव र विष्णुको प्रतिमा हराएको थियो। पछि फेला पारेर छाउनी संग्राहलयमा राखिएको छ। त्रिवेणी घाटबाट हराएको यो प्रतिमा अमेरिकाबाट फिर्ता ल्याइएको हो।

इन्द्रजात्रामा निकालिने काठले बनेको हाथु द्यः (भैरव) चोरी भएर सन् १९९० को दशकमा नै भेटिएको थियो। जुन अहिले धुलिखेलको जिल्ला पुलिस कार्यालयमा छ। तर अधिकांश मूर्ति चोरी भएपछि भेटिएको छैन।

पनौती नगरपालिकाले मूर्ति चोरी हुन नदिन तीन वर्ष अगाडि सिसी क्यामरा र सुरक्षा बलको व्यवस्था गरेको थियो। यसलाई निरन्तरता दिँदै सिसी क्यामेरा थप्न लागेको नगर प्रमुख भीम न्यौपाने बताउँछन्। यो वर्ष २० सिसी क्यामेरा थप्दै छौं, प्रमुख न्यौपानेले भने।

पनौती संग्राहलयले समेत सम्पदा संरक्षणको लागि सुरक्षा दिँदै आएको छ। संग्राहलयमा हराएका कतिपय मूर्तिहरूको नामसहित फोटो राखिएको छ। संग्राहलयमा चोरी भएका, हराएका मूर्ति र टुँडालहरूको फोटो राखिएको संग्राहलयका इन्चार्ज राजेन्द्र महाजु बताउँछन्। महाजु भन्छन्, ‘फोटोमा हराएको मूर्ति लेखिएकोले विदेशी पर्यटकले बढी सोधखोज गर्छन्।’ संग्राहलयमा देवीदेवतालाई लगाइ दिने बहुमूल्य गरगहना समेत सुरक्षित राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.