महिला र पुरुष गुण एकै पटक देखाउने पुरुष

महिला र पुरुष गुण एकै पटक देखाउने पुरुष

काठमाडौं : लेङ्गेर लानाङ दुबै लिङगको झल्को पाइने प्रसिद्ध इन्डोनेशियाको नृत्य हो । इन्डोनेशियामा रियान्तो नाम गरेको पुरुषले महिलाको भेष बनाएर गर्ने परम्परागत इन्डोनेशियाली नृत्य प्रख्यात छ । 

उनले पैसाका लागि नभएर आध्यात्मिक कारणले उक्त नृत्य गर्न सुरु गरेको बताउँछन् । उनको जीवनीमा आधारित 'मेमोरीज अफ माइ बडी' नामक चलचित्रले अन्टराष्ट्रिय ख्याति प्राप्त गरेको छ।

सन् २०१८ मा इन्डोनेशियाबाट त्यो फिल्मलाई ओस्कर पुरस्कार मनोनीत गरिएको थियो। तर इन्डोनेशियामा रियान्तो प्रसिद्ध भएको देख्दा केही मानिस भने असन्तुष्ट भएको बताउँछन्। 

रुढीवादी समूहले उनको चलचित्रलाई प्रतिबन्ध लगायत माग गर्दै अभियान सञ्चालन गरेका थिए ।  रियान्तोले ३० वटा भन्दा बढी देशमा यो नृत्य प्रस्तुत गरिसकेका छन् । पुरुषले प्रस्तुत गर्ने यो नाच बन्युनासको मौलिक कथा हो । यो नृत्य पुरुषहरुले मात्र गर्छन् । उनीहरु नाच्छन् र महिलाजस्तै देखिन्छन् । पहिले पहिले धार्मिक कृतिमा यो नाच नाचिन्थ्यो ।
 
'म आफूलाई पुरुषको रुपमा मात्र सोच्न सक्दिन् । त्यसैले मेरो शरीरलाई न्याय हुँदैन् जस्तो लाग्छ,' रियान्तो भन्छन् ।  रियान्तोका अनुसार वास्तवमा मानव शरीर दुबैमा महिला र पुरुषका स्वभावहरु हुन्छ । रियान्तोका लागि यो उत्कृष्ट समिश्रण हो । उनको लागि यो केवल एक नृत्य हैन् । उनको जीवन पनि हो।

सानो छँदा धेरैले हेपेको कारण उनले लेङगर लानाङक नाच्न सुरु गरेको हो । इन्डोनेशियामा केही मानिसले उनलाई स्त्रिलिङगी पनि भन्ने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.