‘कोकिन किङ’का भाइले ल्याए स्मार्टफोन

‘कोकिन किङ’का भाइले ल्याए स्मार्टफोन

कोलम्बिया कुख्यात लागुऔषध कारोबारी पाब्लो एस्कोबारलाई ‘कोकिन किङ’ भनिन्थ्यो। उनका भाइ रोबर्टो एस्कोबारले बजारमा नयाँ स्मार्टफोन ल्याएका छन्। फोल्ड गर्न मिल्ने सुनौलो स्मार्टफोनलाई ‘एस्कोबार फोल्ड वान’ नाम दिइएको छ, जसको मूल्य ३ सय ४९ डलर पर्छ। फोन सामसुङको ‘ग्यालेक्सी फोल्ड’ र हुआवेको ‘मेट एक्स’ जस्तै देखिन्छ।  

विज्ञापनमा देखाइएअनुसार ‘एस्कोबार फोल्ड वान’मा पाब्लो एस्कोबारको तस्बिर डिफल्ट ब्याकग्राउन्डका रूपमा रहेको छ। प्रविधि समाचारको साइट ‘डिजिटल ट्रेन्ड्स’सँग रोबर्टोले आफ्नो स्मार्टफोन असाध्यै बलियो भएको दाबी गरेका छन्। ‘मेरो फोन तोड्न र फुटाउन सकिँदैन,’ उनले भने, ‘किनभने, यसमा सामसुङको जस्तो काँचको स्क्रिन लगाइएको छैन। यसमा विशेष प्रकारको प्लास्टिकको स्क्रिन छ। यो प्लास्टिकलाई कसैले फुटाउन सक्दैन।’ 

रोबर्टोले प्रविधिका विख्यात कम्पनीसँग आफू प्रतिस्पर्धा गर्न तयार रहेको बताए। एपल कम्पनीलाई उछिन्ने उनको महत्त्वाकांक्षा छ। 

उनले आफ्ना वकिलहरू एपल कम्पनीलाई अर्को महिना मुद्दा हाल्ने तयारी गरिरहेको पनि बताए। ‘हामी एपलविरुद्ध ३० अर्ब डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्नेछौँ,’ उनले भने, ‘एपलले कमसल फोन बेचेर संसारभरिका मान्छेलाई ठगिरहेको छ।’

कोलम्बियाका कुख्यात अपराधी पाब्लो एस्कोबारलाई २५ वर्षअघि प्रहरीले गोली हानेर मारेको थियो। उनी इतिहासको सबैभन्दा सम्पन्न अपराधी थिए। ‘फोब्र्स’ पत्रिकाले सन् १९८९ मा उनलाई विश्वको सातौँ धनी मान्छेका रूपमा सूचीकृत गरेको थियो। त्यतिबेला उनको कुल सम्पत्ति नौ अर्ब डलर थियो। 

तर, कोलम्बियाका केही मान्छेका निमित्त उनी हिरो थिए। उनले गरिबहरूको उद्धार गरेका थिए। चार सयभन्दा बढी घरहीनलाई घर किनिदिएका थिए। उनको सहयोग पाएका मान्छेहरू उनलाई ‘कोलम्बियाका रबिन हुड’ मान्छन्। अंग्रेजी लोककथाअनुसार रबिन हुड धनीहरूलाई लुटेर गरिबलाई सहयोग गर्थे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.