३ वर्षको ठेक्‍का संझौता, पुल बन्यो १८ महिनामा

३ वर्षको ठेक्‍का संझौता, पुल बन्यो १८ महिनामा

दाङ : निर्माण व्यवसायीहरुले विकास निर्माणको काम अलपत्र पारेको कुराले चर्चा पाइरहेको बेला दाङमा भने सम्झौता भएको मितिभन्दा सात महिना पहिले काम पुरा गरि पुल संचालनमा आएको छ।

तुलसीपुर घोराही सडकखण्डको ग्वारखोलामा बनेको पक्‍किपुल सम्झैता सकिने सात महिना पहिले नै निर्माणको जिम्मा लिएको कम्पनिले पुरा गरको छ ।२ सय २० किटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको ग्वारखोला पुलको समय सीमाभन्दा सात महिना पहिले निर्माण पुरा भएको हो।

कालिका रसुवा जेवीअन्तर्गत रसुवा कन्ट्रक्सन प्रालीले पुल निर्माणको काम पुरा गरेको हो। २०७४ साल असार ११ गते तीन वर्षे सम्झौता गरेको रसुवाले २०७४ माघ २२ गते देखि पुल निर्माणको काम सुरु गरेको कन्टक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठले बताए । 

उनले काम सुरु गरेको २४ महिनामा निर्माण पुरा गरि पुल सञ्चालनमा समेत ल्याइसकेको बताए । २०७७ असार मसान्त सम्ममा पुरा गर्ने गरि सम्झौता भएको थियो, उनले भने,'हामीले समयभन्दा पहिले नै काम पुरा गरेर प्रगति विवरण पुल महाशाखालाई बुझाइसकेका छौं।'

ग्वारखोला पुल पुसको पहिलो हप्तादेखि सञ्चालनमा आएको छ। सडक विभाग पुल महाशाखा सेक्टर नं ३ नेपालगञ्ज अन्तरगत निर्माण थालिएको पुलको लागत २८ करोड ३८ लाख रुपैयाँ रहेको र अहिले पुलको काम पुरा भएको महाशाखाका इन्जिनियर विश्व केसीले बताए ।

उनले निर्माण कम्पनीले तोकेको समयभन्दा सात महिना पहिले नै निर्माणको काम पुरा गरि भुक्तानीको प्रक्रिया बढाएको बताए । दक्ष जनशक्ति र २४सै घण्टा गुणस्तरीय काम गर्दा समयमै निर्माण पुरा गर्न सकिएको निर्माण कम्पनिका प्रतिनिधि श्रेष्ठले बताए ।

उनले पुल निर्माणका लागि २ सय जनाको प्राविधि र श्रमिकको जनशक्ति टोली खटिएको समेत बताए । रसुवा कन्टक्सनले ग्वारखोलाकै कपडादेवी —मानपुर जोडने पुल पनि यसै वर्ष निर्माण गरेको छ । यो पुल सम्झौताको १४ महिना पहिले नै निर्माण पुरा गरेको कम्पनिले बताएको छ । 

कम्पनिका प्रतिनिधि श्रेष्ठले २०० मीटर लामो उक्त पुल १९ करोडको लागतमा १४ महिना पहिने नै सम्पन्न गरेको बताए । निर्माण व्यवसायीहरु जिम्मेवार भएर लागेका समयमै निर्माणको काम पुरा हुने श्रेष्ठको तर्क छ । नियमित र लगनशील भएर कम्पनिहरुले काम गरेरमा विकास अलपत्र नपर्ने उनले बताए । दाङमा तोकेको समय सीमाभन्दा पहिले नै काम पुरा भएका केहि उदाहरणमा यी दुई पुल पनि रहेको छन्।  निर्माण सुरु भएको ५÷६ वर्षसम्ममा पनि केही पुल र सडक अलपत्रमा छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.