सन् २०१९ मा सन्न्यास लिने पाँच चर्चित फुटबलर

सन् २०१९ मा सन्न्यास लिने पाँच चर्चित फुटबलर

आर्जेन रोबेन 

इंग्ल्यान्ड, स्पेन र जर्मनीका क्लब फुटबलमा निकै सफल मानिएका विंगर आर्जेन रोबेनले व्यावसायिक खेल जीवनबाट सन्न्यास लिएका छन्। उनले सन् २००४ देखि २००७ सम्म इंग्लिस क्लब चेल्सीमा, त्यसपछि २००९ सम्म स्पेनिस क्लव रियल मड्रिडमा र त्यसपछि १० वर्षसम्म जर्मन क्लब बायर्न म्युनिखमा खेले। क्लब फुटबलमा ६ सय ६ खेल खेल्दै २ सय १० गोल गरेका उनले ३० वटा उपाधि उचालेका छन्। तर, उनले आफ्नो देश नेदरल्यान्ड्सलाई भने कुनै उपाधि जिताउन सकेनन्। उनले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट ९६ खेल खेल्दै ४० गोल गरे।

जावी हर्नान्डेज 

स्पेनिस फुटबलर जावी हर्नान्डेज सन् २०१९ मा खेल जीवन त्याग्ने सबैभन्दा सफल खेलाडी हुन्। सन् १९९८ देखि २०१५ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका ३९ वर्षीय जावीले पछिल्लो चार वर्ष कतारको अल साद क्लबबाट खेले। क्लब फुटबलमा ९ सय ४३ खेल खेल्दै १ सय १३ गोल गरेर २९ वटा उपाधि उचालेका जावी राष्ट्रिय टिमबाट पनि उत्तिकै सफल रहे। उनले सन् २००८ र सन् २०१२ को युरो कप फुटबल मात्र होइन, सन् २०१० को विश्वकप उपाधिसमेत उचालेका छन्।

रोबिन भान पर्सी 
इंग्लिस प्रिमियर लिगमा दुई पटकका गोल्डेन बुट विजेता रोबिन भान पर्सीले यो वर्षबाट व्यावसायिक खेल जीवनबाट सन्न्यासको घोषण गरे। सन् २००४ देखि २०१२ सम्म आर्सनलबाट खेलेका उनी त्यसपछि म्यानचेस्टर युनाइडेट गएका थिए। सन्न्यासको घोषणा गर्ने बेला उनी आफ्नै देश नेदरल्यान्ड्सको फियोनुर्ड रोटेर्डम क्लबमा आबद्ध थिए। क्लब फुटबलमा ५ सय ९३ खेल खेल्दै २ सय ७३ गोल गरेका उनले सात वटा उपाधि उचालेका छन्। तर, दुःखको कुरा आफ्नो देशलाई भने उनले कुनै उपाधि दिलाउन सकेनन्। नेदरल्यान्ड्सका लागि १ सय २ खेलमा ५० गोल गरेका उनी सर्वाधिक गोलकर्ता हुन्। 

प्याट्रिस इभ्रा 
विश्वकै उत्कृष्टमध्ये एक डिफेन्डर प्याट्रिस इभ्राले पनि यो वर्षको जुलाईमा सन्न्यास घोषणा गरे। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट सन् २००६ देखि २०१४ सम्म नौ वर्ष खेलेका उनले त्यसपछि तीन वर्ष इटालियन क्लब युभेन्टसमा बिताए। त्यसपछि पे्रmन्च क्लब मार्सेली हुँदै उनी इंग्लिस क्लब वेस्टह्याम पुगेका थिए। उनले फ्रान्सको राष्ट्रिय टोलीबाट भने ८१ खेल खेलेका छन्। ३८ वर्षका उनले क्लब फुटबलमा ७ सय ३३ खेलमा २४ गोल गरेका छन् र २१ वटा उपाधि उचालेका छन्।

पिटर चेक 
विश्वका महान् मध्येक एक गोल रक्षक पिटर चेकले यो वर्षदेखि आफ्नो खेल जीवनलाई गुडबाई भने। युरोपा लिगको फाइनलमा आफ्नै पूर्वक्लब चेल्सीसँग ४–१ ले पराजित भएपछि आर्सनलका पिटरले खेल जीवन अघि बढाउन चाहेनन्। सन् २००४ देखि सन् २०१५ सम्म चेल्सीको गोलपोस्ट सम्हालेका उनी त्यसपछि आर्सनल गएका थिए। ३७ वर्षीय चेकले क्लब इतिहासमा ७ सय ८१ खेल खेलेका छन् र १८ वटा उपाधि उचालेका छन्। उनले आफ्नो देश चेक गणतन्त्रका लागि १ सय २४ खेल खेलेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.