खुल्ला मञ्चमा ‘हावा चलोस्, घाँस उम्रोस्’

खुल्ला मञ्चमा ‘हावा चलोस्, घाँस उम्रोस्’

काठमाडौं : 'अकुपाइ टुँडिखेल' अभियान अन्तर्गत शनिबार बिहान कलाकारहरुले खुल्लामञ्चमा  रङ्ग पोतेका छन् । 'हावा चलोस्, घाँस उम्रोस्' भन्ने नारासहित अभियान्ता तथा कलाकारले हरिया घाँसपात, रङ्गीबिरङ्गी फूलहरु र नेपालको झण्डा ‘पेन्टिङ्’ गरेका छन् ।

सोसाइटी अफ नेपलिज आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले सप्तरङ्गको प्रयोग गरी हरियाली र वातावरणीय सन्तुलन झल्कने आकृतिहरू बनाएका हुन् । साथै बालकदेखि वृद्धा, सर्वसाधारणले समेत स्वतस्फूर्त रुपमा खुल्लामञ्चलाई सिंगारेका छन् ।

खुल्लामञ्चमा रङ्गरोगन गर्दा बिहान केही बेर प्रहरीले अवरोधसमेत गरेको थियो । काठमाडौं महानगरबाट  रङ्ग पोत्न नपाइने जानकारी आएपछि केही बेर पूर्व निर्धारित कार्यक्रम रोकिएको थियो । 'अकुपाइ टुँडिखेल'का प्रवक्ता तथा कानुनका विद्यार्थी सञ्जय अधिकारीका अनुसार मेयर विद्यासुन्दर शाक्यको ठाडो निर्देशनमा रङ्ग नपोत्न भनिएको हो । 
उनले भने, 'खुल्लामञ्चमा लगाइएको सप्तरङ्गको आफ्नै ‘स्ट्याण्डर’ छ। मेयरज्युले भन्नुभयो, तर यहाँ रङ्ग लगाउने कार्य एक कलाकारको निजी योगदान थियो ।’

खुल्लामञ्चबाट कयौं प्रभावशाली नेता जन्मिएका छन् । जुन आज पार्किङ्स्थलमा परिणत भएको छ । खुल्लामञ्चलाई पुनरजन्म दिन रङ्गरोगन गरिएको अभियानका संयोजक विजय श्रेष्ठले बताए ।

आठ हप्ता अगाडि सार्वजनिक सम्पत्ति टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्न अभियान सञ्चालनमा आएको थियो । कुनै समय एसियाकै ठूलो परेड मैदान टुँडिखेल राजनीतिक परिवर्तनसंगै सरकार र सेनाको अतिक्रमणले खुम्चिँदै गएको छ । अस्थायी बसपार्कदेखि पार्किङ र व्यापारिक स्टलले टुँडिखेल कुरुप बनेको छ ।

वीर अस्पताल र दरबार हाइस्कुलको निर्माणाधीन सामाग्री टुँडिखेलमै थुप्रिएका छन् । बसपार्क बनाएर ढलान गरिएको छ । कामदारका लागि अस्थाइ बासस्थल बन्दा ऐतिहासिक, राजनितिक र धार्मिक महत्त्व बोकेको टुँडिखेलले वास्तविक स्वरुप गुमाएको छ । तत्कालका लागि टुँडिखेलमा भएका अस्थायी संरचना हटाउन माग गर्दै अभियान्ताहरुले काठमाडौंका मेयर लगायत विद्या सुन्दर शाक्य, केन्द्रीय सरकारका सचिव केदार न्यौपाने, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएका छन् ।

टुँडिखेलको अतिक्रमण हटाइ मुक्त टुँडिखेलको अवधारणा स्थापित गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, पूर्व स्वास्थ्य मन्त्री गगन थापा लगायतले समर्थन जनाएका छन् । 

अकुपाइ टुडिँखेल अभियान तीन महिनासम्म चल्ने अभियान्ताहरूको भनाइ छ ।

तस्बिर : दीपेन श्रेष्ठ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.