‘ट्राफिक र चालक एकाघरका सदस्य हुन्’

‘ट्राफिक र चालक एकाघरका सदस्य हुन्’

के छ हालखबर, सर ?

ठीकै छ। 

ड्युटीमा कत्तिको व्यस्त भइन्छ ?

सवारीको चाप धेरै हुन्छ। व्यस्त नै भइन्छ। 

ट्राफिक प्रहरीको जागिर गर्न थालेको कति वर्ष भयो ?
चार वर्ष भयो। 

कोटेश्वरमा ड्युटी गर्न थालेको कति भयो ?
१५ महिनाजति भयो। 

यसअघि कता ड्युटी गर्नुहुन्थ्यो ?
नवलपरासी। 

भ्यालीबाहिर कता–कता ड्युटी गरियो ?
नवलपरासी र जनकपुर। 

ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम कति समय गर्नुभयो ?
दुई महिना। 

ट्राफिक प्रहरी कस्तो हुनुपर्छ ?
ट्राफिक प्रहरी जिम्मेवार हुनुपर्छ। जनताको सेवा गर्ने भाव ट्राफिक प्रहरीमा हुनुपर्छ। 

कतिसम्म पढ्नुभएको छ ?
स्नातक तेस्रो वर्षमा पढ्दै छु।

कुन विषय पढ्दै हुनुहुन्छ ?
नेपाली। 

पढ्नका लागि क्याम्पस पनि जानुहुन्छ कि ?
जाँदिनँ। किताब किनेर रुममै पढ्ने गरेको छु। नबुझेको कुरा नेटमा हेरेर बुझ्ने प्रयास गर्छु। 

जागिर र पढाइ  सँगसँगै लैजान कत्तिको गाह्रो छ ?
११÷१२ मा त सजिलै थियो। पढाइ पनि त्यति गाह्रो थिएन। ब्याचलर्समा भने पढाइ अलि गाह्रै छ। जेनतेन मिलाइएको छ। 

परीक्षाको समयमा कसरी मिलाइन्छ त ?
बिदा लिएर परीक्षा दिन जाने गरेको छु। 

घर कता पर्‍यो सरको ?
गुल्मी। 

परिवारमा को–को हुनुहुन्छ ?
आमाबुबा, दाइभाउजू, बहिनी र भतिजी। 

ट्राफिक प्रहरी नबनेको भए के बन्नुहुन्थ्यो ?
निजामती कर्मचारी हुन्थेँ कि ? 

१२ पास गरेपछि विदेश जाने रहर लागेन ?
विदेश जाने सोच कहिल्यै आएन। जे गर्छु, आफ्नै देशमा गर्छु भन्ने सोच पहिलेदेखि नै थियो। 

यो एरियामा के समस्या देख्नुभएको छ ?
यो एरियाको मुख्य समस्या भनेको जाम हो। सवारीको चाप एकदमै बढी छ। बस स्टप भए पनि चालकले जहाँ मन लाग्यो, त्यहीँ गाडी रोकिदिन्छन्। पैदलयात्रीले पनि हैरान पार्छन्। 

अहिले सडक दुर्घटनाको खबर धेरै सुन्निछन्। कारण के होला ?
पहिलो कारण त चालकको लापरबाही नै हो। अहिलेको टिनएजरको सवारीको स्पिड देखेर हामीलाई डर लाग्छ। उनीहरूलाई ज्यानको माया लाग्दैनजस्तो लाग्छ। मापसे गरेर गाडी चलाउनाले पनि दुर्घटना बढेका हुन्। 

दुर्घटना नियन्त्रणको लागि ट्राफिक प्रहरीबाट के कस्ता प्रयास भएका छन् ?
नियमित सवारी चेकजाँच गर्छौं। चेतनामूलक कक्षा सञ्चालन गरिरहेका छौँ। बाटोमा सवारी रोकेर सवारी नियमसम्बन्धी जानकारी गराउँछौँ। 

यो एरियामा मापसेमा कत्तिको चालक पर्छन् ?
दिनमा १२–१५ जना परिरहन्छन्। 

जाडोमा नाइट ड्युटी गर्दा त गाह्रो हुन्छ होला नि ?
चिसो छ भनेर त्यहीअनुसार लुगा लगाइन्छ। पहिले–पहिले निकै गाह्रो लाग्थ्यो। अहिले त ज्यानले चिसो पचाइसक्यो। त्यति गाह्रो लाग्दैन। 

चालकसँग कत्तिको ठाकठुक पर्छ ?
उनीहरूले ट्राफिक नियम नमानेको खण्डमा बहस हुन्छ। हाम्रो त दिनको सुरुवात नै गाडी, चालक, सहचालकबाट हुन्छ भने दिनको अन्त्य पनि उनीहरूसँगै हुन्छ। ठाकठुक परे पनि चालकसँगै, खुशी भए पनि उनीहरूसँगै ! ट्राफिक र चालक एकाघरका सदस्य हुन्। परिवारका सदस्यसँग कहिलेकाहीँ अनबन हुनु नौलो कुरा होइन। 

चालक त ट्राफिक प्रहरीले दुःख दिन्छन् भनेर गुनासो गर्छन्  नि ?
त्यो त ट्राफिक नियम नबुभ्mनेले त्यस्तो भन्ने हो। म गुल्मीको मान्छेलाई काठमाडाँैको मान्छेसँग इबी राखेर के फाइदा ? ड्युटीमा गइसकेपछि कसरी हुन्छ, चालकलाई सहज र सुरिक्षत तरिकाले पठाउने सोच हाम्रो हुन्छ।  

जागिरको कुन कुराले खुशी बनाउँछ ?
सडकमा आवश्यकता परेकालाई मद्दत गर्न पाउँदा खुशी लाग्छ। बाटोमा सबैले, ‘सर’ भनेर सम्बोधन गर्दा पनि खुशी लाग्छ। 

पहिलो पटक काठमाडाँै आउँदाको अनुभव कस्तो थियो ?
पहिलो पटक कलंकी बसपार्कमा ओर्लिंदा यति धेरै मान्छे र गाडी देखेर तर्सिएको थिएँ। 

फुर्सदमा के गर्नुहुन्छ ? 
फुर्सद हुँदा पढेर बस्छु। परिवारसँग कुराकानी गर्छु। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.