२०१९ मा जो बलिउड भित्रिए

२०१९ मा जो बलिउड भित्रिए

अनन्या पाण्डे

यस वर्ष बलिउडमा डेब्यू गर्नेमध्ये सबैभन्दा बढी चर्चा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको भयो। उनले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। उनलाई निर्माता-निर्देशक करण जौहरले बलिउडमा भित्त्याएका हुन्।  पहिलो फिल्ममा अनन्याले गरेको अभिनयबाट धेरै मानिस प्रभावित भएका थिए। यही वर्ष उनले दुइटा फिल्ममा काम गर्ने मौका पाइन्। ‘स्टुडेन्ट अफ द इयर २’ पछि उनले ‘पति, पत्नी और वो’ मा काम गरिन्। फिल्ममा उनले अभिनेता कार्तिक आर्यन, अभिनेत्री भूमि पेडनेकरसँग काम गर्ने अवसर पाइन्। फिल्मले राम्रो कारोबार गरेको थियो।

तारा सुतारिया

अभिनेत्री तारा सुतारियाले पनि फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनलाई पनि करण जौहरले नै फिल्म क्षेत्रमा ल्याएका हुन्। फिल्ममा ताराको अभिनयको प्रशंसा भयो। त्यसपछि उनी अभिनेता सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मरजावां’मा देखिइन्। तारा अभिनयमा मात्र नभई नृत्य र गायनमा पनि सक्रिय छिन्।

करण देओल
अभिनेता सनी देओलका छोरा करण देओलले पनि फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा प्रवेश गरे। फिल्मलाई सनीले नै निर्देशन गरेका थिए। तर, फिल्मले खासै राम्रो चर्चा पाउन सकेन। करणको अभिनय कला कमजोर रहेको फिल्म समीक्षकले बताएका थिए।

वर्धन पुरी
हजुर बुबा अमरीश पुरीबाट प्रभावित भएर नाति वर्धन पुरीले पनि बलिउडको बाटो समातेका छन्। फिल्म ‘ये साली आशिकी’ बाट उनले बलिउडमा डेब्यू गरेका छन्। उनले पहिलो फिल्मका लागि धेरै मेहनत गरेका थिए। उनको अभिनयबाट दर्शक प्रभावित पनि भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.