तुलसीपुरमा आधुनिक बसपार्क

तुलसीपुरमा आधुनिक बसपार्क

दाङ : तुलसीपुर उपमहानगरपालिकामा आधुनिक बसपार्क सञ्चालनमा आएको छ। २०७४ जेठ २९ गते देखि निर्माण कार्य सुरु भएको बसपार्क निर्माणको पहिलो चरणको काम सकिएसँगै सञ्चालनमा आएको हो। १० करोडको लगानीमा निर्माण भएको तुलसीपुर बसपार्कको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शुक्रबार गरेका हुन्। 

उपमहानगरको सहभागितामा नगर विकास कोषको ऋण सहयोगमा १० करोडको लागतमा शिवशक्ति कन्स्ट्रक्सन प्रालिले बसपार्क निर्माण गरेको हो। 

साढे ५ विघा क्षेत्रफलमा फैलिएको बसपार्कमा करिब ३ सय गाडी अटाउने इन्जिनियर पवन योगीले जानकारी दिए। आधुनिक बसपार्कमा यात्रु प्रतिक्षालय भवन, शौचालय, पसल, पार्क, सडक, टिकट काउन्टर, पेट्रोल पम्प, स्तनपान कक्षलगायतका रहेका छन्। 

बहुवर्षीय योजना अन्तर्गत पहिलो चरणको काम सकिए पनि अरु काम भने बाँकी नै रहेको छ। बसपार्क निर्माणका लागि ३४ करोडको अनुमान गरिएको छ। निर्माण कम्पनीका प्रतिनिधि गेहेन्द्र गिरीले तोकेको समयमा काम पूरा गरेर नगरलाई हस्तान्तरण गरेको बताए। 

मुख्यमन्त्री पोरखेलले  बसपार्कले प्रदेशको सान बढाएको बताए। उनले सबैको सुविधासहित निर्माण भएको बसपार्क प्रदेशको सान भएको उल्लेख गरे। 

उनले बसपार्कको निर्माणले सहरी क्षेत्रको पहचिनानसमेत दिएको भन्दै सहरलाई सहरकै रुपमा विकास गर्नु पर्ने बताए। उनले बसपार्कसँगै यातायात क्षेत्रमा सभ्यता कामम हुने बताए। 

मुख्यमन्त्री पोखरेलले  विकास योजनालाई समयमै सम्पन्न गर्नुपर्नेसमेत बताए। ‘विकास बजेट बिनियोजन हुने, तर खर्च नहुने  प्रवृति बढेको छ’ उनले भने, ‘यसले विकासमा प्रत्यक्ष असर गर्छ, त्यसैले विकास बजेट समयमै खर्च गर्नुपर्छ।’ 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.