प्रादेशिक अस्पतालमा बेथिति : सरकारीमा हाजिर, निजीमा ड्युटी

प्रादेशिक अस्पतालमा बेथिति  : सरकारीमा हाजिर, निजीमा ड्युटी

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा दैनिक ३–४ सय बिरामी उपचारका लागि आउने गर्छन् तर त्यहाँ चिकित्सक नै हुँदैनन्। उक्त अस्पतालमा चिकित्सकको दरबन्दी छ। छात्रवृत्ति करारमा चिकित्सक छन्। तर, समयमा नआएपछि सेवाग्राही चेकजाँच नै नगराई फर्किने गरेका छन्।

प्रायः दिन ओपीडी कक्ष बिरामीले भरिभराउ हुन्छ तर एकाध चिकित्सकबाहेक अन्य कुनै विशेषज्ञ चिकित्सकको अत्तोपत्तो हुँदैन। गत बुधबार सवा ११ बजे ओपीडी कक्षको १७ नम्बर कोठा फिजिसियन चिकित्सक आएका थिएनन्। त्यसदिन चिकित्सक कुलदीप पण्डित, सिद्धिदात्री झा, रामेश्वर महासेठ, महेश महासेठ, रामदेव चौधरीलगायतको ड्युटी थियो।

बिहान ८ बजेदेखि टिकट काटेर लाइन लागेका बिरामी ११ बजेसम्म चिकित्सकको पर्खाइमा थिए। तर, समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजी क्लिनिकमा गए भए भने कतिपय कुरेरै बसे। दिनभरि कुर्दासमेत चिकित्सक फेला नपरेको सेवाग्राही गौशाला नगरपालिका–१ की सिर्जना सिंहले बताइन्।

उनले भनिन्, ‘८ बजेदेखि नै बिरामीको लामो लाइन छ तर अस्पतालमा कतै डाक्टर फेला पर्दैनन्, भएका नर्सले हेरे भने हेरे, नत्र निजी अस्पताल जानुको विकल्पै छैन।’ स्वास्थ्य विभागका अनुसार प्रादेशिक अस्पतालमा एकाधबाहेक अन्य चिकित्सकको दरबन्दी पूरा छ। तथापि, अस्पतालमा डाक्टर फेला पार्नै मुस्किल हुने सेवाग्राहीको गुनासो छ।

निजी क्लिनिकमा थप आम्दानी हुने हुँदा चिकित्सकले अस्पतालमा हाजिर गरेर टाप कस्न थालेको स्थानीय सुशील कर्णले बताए। उनले भने, ‘अस्पतालमा पुगेका बिरामीले डाक्टर खै भनेर सोधेमा तपार्इंलाई उपचार गर्नु छ कि डाक्टर खोज्न आएको भनेर नर्सले उल्टै थर्काउँछन्।’

इन्टर्न विद्यार्थीको भरमा ल्याब तथा सिएम, एचएको भरमा प्रादेशिक अस्पताल चल्दा पनि विकास समिति र प्रदेश मन्त्रालय बेखबर भएको धनुषा मिथिला नगरपालिका–८ का विश्वास बलम्पाकीले बताए। उनले भने, ‘सरकारी अस्पतालमा समस्या धेरै छ, हल कसरी गर्ने भन्ने सोच कसैमा छैन, जसलाई समस्या परेको छ, उसले बोल्ने ठाउँ छैन, जसले समस्या समाधान गर्नुपर्ने हो, उसलाई वास्तै छैन।’

बर्दिबासस्थित जनसेवा रारा प्राविधिक कलेजबाट सिएमए अध्ययन गरी प्रादेशिक अस्पतालमा इन्टर्न गर्न आएकी कविकुमारी महतोले भनिन्, ‘अस्पतालको शुल्क तिरेर मात्र इन्टर्न गर्न दिने अन्यथा सिट खाली नभएको बताइयो।’ प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सञ्जय सिंहले अस्पतालले सम्झौताका गरेको तथा रकम दिने विद्यार्थीलाई मात्र इन्टर्नका लागि लिइने स्विकारे। उनले भने, ‘अस्पतालका लागि जसले तोकेको रकम दिन्छ, उसले मात्र इन्टर्न गर्न पाउँछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.