राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

दाङ : राष्ट्रियसभा सदस्यको लागि प्रदेश ५ मा ९ जनाको उम्मेदवारी परेको छ। माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका आइतबारर प्रदेश पाँचबाट ९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ। 

प्रदेश पाँचबाट तिन पदका लागि चार राजनीतिक दलले उम्मेदवारी दिएका हुन्। नेकपा, नेपाली कांग्रेस, समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। 

 राष्ट्रियसभा महिला सदस्यका लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट बिमला घिमिरे, नेपाली कांग्रेसको तर्फबाट गिरीजा न्यौपानेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। 

त्यस्तैगरी अपाङगता तथा अल्पसंख्यक सदस्यका लागी नेकपाको तर्फबाट जगप्रसाद शर्मा (अपार), कांग्रेसबाट मेराज हलवाई र समाजवादी पार्टीको तर्फबाट सुनिलकुमार सिंङघलले उम्मेदवारी दर्ता गराएका छन्। 

अन्य पदका लागि नेकपाको तर्फबाट गोपाल भट्टराई, कांग्रेसको तर्फबाट बालकृष्ण पाण्डे, समाजवादी पार्टीको तर्फबाट कृष्णप्रसाद अहिर र जनमोर्चाको तर्फबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गरेको थापाले जानकारी दिए। 

निर्वाचन अधिकृतको कर्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने समय तालिका तोकिएको थियो। 

आइतबार मनोनयन दर्ता गराएकाविरुद्ध सोमबार विहान १० बजेदेखी दाबी विरोध गर्न सकिने निर्वाचन अधिकृत थापाले जानकारी दिए। 

यस्तै मंगलबार मनोनयन दर्तापत्र जाँचबुझ, बुधबार पुन उम्मेदवारको नाम प्रकाशित गर्ने, बिहीबार उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ।

राष्ट्रियसभाका ५९ सदस्य मध्ये १९ जनाको आगामी फागुण २० गते पदावधि सकिदैछ। जसमा १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको राष्ट्रपतिबाट मनोनित गरिने छ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष ÷उपाध्यक्षले मतदान गर्नेछन। प्रदेश पाँचमा ८७ जना प्रदेशसभा सदस्य र एक सय नौ स्थानीय तहका २ सय १८ गरि ३ सय ५ जना मतदाताले मतदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.