भ्रमण वर्षमा नेपाली सेनाको 'विजय दौड'

भ्रमण वर्षमा नेपाली सेनाको 'विजय दौड'

भैरहवा : नेपाली सेनाको मध्य पश्‍चिम पृतना हेडक्वार्टर बुटवलले जितगढी 'विजय दौड' प्रतियोगिताको आयोजना गरेको छ ।राष्ट्रिय एकता दिवस (पुस २६ गते) को अवसरमा एकता नै बल हो भन्ने मूल नाराका साथ नेपाली सैनिक इतिहासको प्रवर्द्धन र जितगढी किल्लाको संरक्षण एवं प्रचारप्रसारका तथा भ्रमण वर्ष २०२० लाई सघाउनका लागि प्रतियोगितको आयोजना गरिएको कालिभक्ति गण (इ) का सेनानी दिलबहादुर खड्काले जानकारी दिए । प्रतियोगितामा ४२, २१, १० र ५ किलोमिटरको दौड हुनेछ ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ४२ किलोमिटरको दौड (फुल म्याराथन) र २१ किलोमिटरको दौड (हाफ म्याराथन) हुनेछ। फुल म्याराथनको दौड बुटवलको आर्मी अस्पतालदेखि सुरु भएर ट्राफिक चोक, पुष्पलाल पार्क, मिलन चोक, राजमार्ग चौराहा, भैरहवाको अञ्‍चलपुर पुगेर फेरी त्यहाँबाट फर्किँदै तिनाउ पुल, महेन्द्र राजमार्गहुँदै जितगढी किल्लामा आएर टुंगिनेछ ।

त्यस्तै हाफ म्याराथन दौडमा आर्मी अस्पतालदेखि सुरु भएर मिलन चोक, योगिकुटी मंगलापुर पुगेर त्यहाँबाट फर्किदै तिनाउ पुल, महेन्द्र राजमागै हुदै जितगढी किल्ला समाप्त विन्दु तय गरिएको छ ।

यस्तै १० किलोमिटरको दौड आर्मी अस्पताल देखि सुरु भएर मिलन चोक, योगिकुटी, तिनाउ पुल महेन्द्र राजमार्ग हुदै जितगढी किल्ला अन्तिम बिन्दु कायम गरिएको छ । पाँच किलोटिमरको दौड आर्मी अस्पताल देखि सुरु भएर ट्राफिक चोक, पुष्पलाल चोक, मिलन चोक, तिनाउ पुल, मेहन्द्र राजमार्ग हुदै जितगढी किल्लामा टुंगिने गणका सेनानी खड्काले जानकारी दिए।

प्रतियोगितामा ४२ किलोमिटरको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमसः १ लाख, ५० हजार, २५ रुपैयाँ प्रदान गरिने छ भने हाफ म्याराथन दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमसः ५० हजार, २५ हजार, १५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगिताका अन्य सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

राष्ट्रिय खेलाडी पनि सहभागी हुने प्रतियोगितामा सहभागिताको लागि पुस २५ गते सम्म मध्य पश्चिम पृतना हेडक्‍वाटर बुटवलमा नाम दर्ता गराउन सक्ने सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.