श्रीमतीका लागि हवाइजहाज डिजाइनको घर
![श्रीमतीका लागि हवाइजहाज डिजाइनको घर](https://annapurnapost.prixacdn.net/media/albums/hawaijahaj-dsign-home-ghar_20200106120741_5D722Ej4op.jpg)
राइद जमाल नाम गरेको एक व्यक्तिले आफ्नो श्रीमतीको लागि फरक र रोचक किसिमको घर बनाएका छन् । जमाल एक निर्माण व्यवसायी हुन् ।
उनले आफूलाई सबैमार्फत चिनाउनका निम्ति उपहार स्वरुप हवाई जहाज जस्तो डिजाइनको घर बनाएका हुन् । अहिले यो घर पर्यटकको आकर्षण बनेको छ । सन् १९९९ मा निर्माण गर्न सुरु गरेको घर आजसम्म पनि निर्माण सम्पन्न भएको छैन ।
जमालकी श्रीमतीलाई घुम्न र लामो यात्रा गर्न मनपर्छ । यात्राको क्रममा आफूबाट टाढा नजाओस् भनी उनले आफू नजिकै राख्न यो घर बनाएको बताएका छन् । श्रीमतीलाई सधैं विमानमा उडेको महसुस गराउन उनले विमान आकारको घर बनाएका हुन् ।
उनलाई धेरैले आफ्नो देशमा घर नबनाइ किन नाइजेरियामा बनाएको सोध्ने गर्छन् । उनी भन्छन्, 'मेरो देश यही हो । नाइजेरियाबाहेक मेरो अरु देश छैन।' उनका परिवार नाइजेरियामै बसोबास गर्छन् ।
उनलाई यस्तो काम गर्नु थियो जसले नाइजेरियाले मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा सबैले चिनुन् । सबै देशका मानिसहरुले उनको तारिफ गरुन् भन्ने उनको चाहना छ । विशेष रुपमा यो घर उनले आफ्नो देश र परिवारको लागि बनाएको बताएका छन् ।
उनको घरले पर्यटन र अबुजालाई राम्रो ख्याति कमाउन सहयोग पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)