ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
चरिकोट : भीमेश्वर नगरपालिका-३, पुरानो बजारमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति करिब ९ बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका रामेछाप मन्थलीका चालक यमराज मगरको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।
ना ६ त १८१३ नम्बरको ट्रयाक्टर पुरानो बजारबाट सडक विभाग निस्कने सडक खण्डमा मंगलबार राति दुर्घटना भएको थियो।
घाइते चालक मगरलाई प्रहरी र स्थानीयले उद्दार गरी उपचारको लागि चरिकोट अस्पतालमा लगेका थिए। उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !