एउटै मञ्‍चमा नेकपा-राजपा

एउटै मञ्‍चमा नेकपा-राजपा

सप्तरी : एक अर्कोविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु एउटै मञ्चमा देखिएका छन्। मधेस राजनीतिको केन्द्र मानिने राजविराजमा नेकपा र राजपाद्वारा संयुक्त रूपमा आयोजना गरिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा उनीहरू एउटै मञ्चमा भेला भएका हुन्।

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार रहेका मृगेन्द्रकुमार सिंह यादवले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु नहुने भन्दै समय र परिस्थितिनुसार शत्रु र मित्र परिवर्तन हुने बताए। राजपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले अहिले राष्ट्रियसभा निर्वाचनका लागि भएको गठबन्धन मधेसको सवालमा वर्तमान सरकार सकारात्मक बन्दै गए सहकार्य अझ अघि बढ्न सक्ने संकेत पनि गरे। उनले राष्ट्रिय सभा निर्वाचनमा विपक्षी कांग्रेस-समाजवादी गठबन्धनभन्दा आफूहरूको गठबन्धनको मतभार बढी भएकाले नेकपा-राजपा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्दै विपक्षी गठबन्धनलाई क्रस भोटिङको सपना नदेख्न सुझाव दिए।

नेकपा-राजपा गठबन्धनका अर्का उम्मेदवार शेखर सिंहले पनि राजपा-नेकपा गठबन्धन मुलुकका लागि शुभ संकेत भएको भन्दै यो गठबन्धनको उम्मेदवारले भारी मतले विजयी हुने बताए। ‘यो सुरुवात हो,’ उनले भने, ‘यो विचित्रको गठबन्धनले भविष्यमा देशको हितमा राम्रो परिणाम दिनेछ।’

गठबन्धनका अर्का उम्मेदवार राधेश्याम पासवानले राजपा-नेकपा गठबन्धनले समस्त शोषित, उत्पीडित समुदायको समस्यालाई सम्बोधन गर्ने दाबी गरे। त्यस्तै अर्का उम्मेदवार तुलसा दाहालले गठबन्धनको जितले आधा आकाश ओगटेको महिला तथा देशको मूल समस्यालाई समाधान गर्न बल पुर्‍याउने बताइन्।

प्रदेश-२ संसदीय दलका नेता सत्यनारायण मण्डलले तराई मधेसको समृद्धि र विकासका लागि राजपा-नेकपा गठबन्धन कोसेढुंगा साबित हुने भन्दै यस्तो सहकार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए। राजपाका महासचिव मनिष सुमनले राष्ट्रियसभाको निर्वाचन सम्बन्धमा गत २ पुसमा नेकपासँग भएको दुईबुँदे सहमतिनुसार बुँदा नं. १ कार्यान्वयनमा गइसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.