सल्यानमा हाइस दुर्घटना : १८ घाइते, पाँचको अवस्था गम्भीर
दाङ : सल्यानमा हाइस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सुर्खेतबाट बिहीबार बिहान जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहार यातायातको हाइस छिन्चु जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा सङ्ग्रहीमा दुर्घटना भएको हो ।
हाइस सडकभन्दा १५० मिटर तल खेतमा खसेको सल्यान प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।घाइते सबैजनालाई उपचारका लागि नेपालगन्ज लगिएको छ।