तुलसीपुर उच्च अदालतमा १३९ प्रतिशत मुद्दा फर्स्योट

तुलसीपुर उच्च अदालतमा १३९ प्रतिशत मुद्दा फर्स्योट

दाङ : उच्च अदालत तुलसीपुरले पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको छ। आफ्नो न्याय सम्पादनलाई बढाउदै लक्ष्य भन्दा बढी कार्य सम्पादन गरेको उच्च अदालतले जनाएको छ।

उच्च अदालत तुलसीपुरले पत्रकार सम्मेलन गरेर आफ्नो पहिलो चौमासिकको प्रगति सार्वजनिक गरेको हो। अदालतले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १३९ दशमलव २० प्रतिशतले मुद्दा फैसला गरेको जानकारी दिएको छ।

यो लक्ष भन्दा बढी हो। गत आर्थिक वर्ष जिम्मेवारी सरेको १ सय ९५ वटामध्ये पहिलो चौमासिकमा १ सय ७४ फर्स्योट गरिएको उच्च अदालतका निमित्त रजिष्टार प्रेम खड्काले जानकारी दिए। 

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोख्रेललेले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्य ३ रहेकोमा प्रगति शतप्रतिशत गरेको बताए। भदौमा लक्ष्य २९ र प्रगति ६१, असोज लक्ष्य १७ र प्रगति २५, कार्तिक लक्ष्य ३१ र प्रगति ५२ र मंसिर महिनामा लक्ष्य ४८ र प्रगति भने ३३ रहेको जानकारी दिए।

अन्य महिनामा न्याय सम्पादनमा कुनै पनि समस्या नभएता पनि गत मंसिरमा भएको उपनिर्वाचनका कारण लक्ष्य अनुसार न्याय सम्पादनमा केही कमी भएको उनले बताए। 

उच्च अदालत तुलसीपुरको कार्य योजना अनुमान अन्तर्गत चालु वर्षमा ५ सय ७९ वटा मुद्दा दर्ता अनुमान गरिएको छ। नयाँ मुद्दा दर्ता र अनुमानित जम्मा दर्ता ७ सय ७४ छन्।

ती मध्ये ४ सय ८५ वटा अर्थात् ६३ प्रतिशत फर्स्योटको अनुमान वर्ष भरी गरिएको छ। अदालतमा मुदहरुको स्थितिमा वार्षिक लगायत अनुमान सुरु मुद्धा ९, जिम्मेवारी सरेको ३, नयाँ दर्ता ३, जम्मा लगत ६, वार्षिक फर्स्योट ८, जम्मा फछर्यौट ३ र बाँकी मुद्दा ३ रहेको छ। 

पुनरावेदनमा वार्षिक ५ सय ३, जिम्मेवारी १ सय ७९, नँया दर्ता २ सय १२, जम्मा लगत ३ सय ९१, वार्षिक फर्स्योट ४ सय ३०, जम्मा फर्स्योट १ सय २६ र बाँकी २ सय ६५ छन्। 

अदालतमा रिट ६७ वार्षिक लगत अनुमान रहेकोमा जिम्मेवारी सरेको १३, नयाँ दर्ता १४, जम्मा लगत २७, वार्षिक फर्स्योट लक्ष्य ४७, जम्मा फर्स्योट १२ र बाँकी १५ छन्।

त्यस्तै वार्षिक अनुमान ५ सय ७९, जिम्मेवारी सरेकोे १ सय ९५, नयाँ  दर्ता २ सय २९, जम्मा लागत ४ सय २४, वार्षिक फर्स्योट ४ सय ८५, जम्मा फर्स्योट १ सय ४१ र बाँकी २ सय ८३ छन्।

निवेदन, प्रतिवेदन र फुटकर निवेदन अन्तर्गत वार्षिक लगत अनुमान १ सय ८४, जिम्मेवारी सरेको १, नयाँ दर्ता ७१, जम्मा लगत ७२, वार्षिक फर्स्योट १ सय ८४, जम्मा फर्स्योट ६१ र बाँकी ११ वटा रहेका उच्च अदालत तुलसीपुरले जनाएको छ।

प्रदेश  ५ का १२ वटा जिल्ला अदालत, उच्च अदालत बुटवल इजलास र उच्च अदालत नेपालगञ्ज इजलाससमेत गरी उच्च अदालत तुलसीपुरले १५ वटा अदालत निरीक्षण र अनुगमन गर्छ। उच्च अदालत तुलसीपुमा मुद्धाको चाप बढी हुने तर न्यायाधीशको संख्या भने कम रहेको छ।

मुख्य न्यायाधीश १ र अन्य न्यायाधीश ३ समेत चारजना न्यायाधीश कार्यरत छन्। यसअघिको न्यायाधीशको दरबन्दी कटौती हुँदा  न्यायाधीशको संख्या घटेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.