क्यासिनोविरुद्ध जुवाडेको मुद्दा
![क्यासिनोविरुद्ध जुवाडेको मुद्दा](https://annapurnapost.prixacdn.net/media/albums/casino-biruddha-juwadeko-mudda_20200111083154_Fd6lXRhuIg.jpg)
क्यानडाको एक क्यासिनोविरुद्ध एक जना जुवाडेले गत हप्ता मुद्दा हाले। क्यासिनोले रक्सी खुवाएर आफूलाई ठूलो बाजी राख्न उक्साएको उनको आरोप छ। सन् २०१३ मा दुई पटक क्यासिनो जाँदा उनले करिब तीन करोड रुपैयाँ हारेका थिए।
सात वर्षपछि अन्टारियोस्थित सिजर्स क्यासिनोविरुद्ध मुद्दा हाल्ने व्यक्ति तार्विन्दर सोकार हुन्। उनले सन् २०१३ को अक्टोबर महिनामा दुई चोटि गरेर त्यति ठूलो रकम हारेका थिए। ‘मलाई टन्न रक्सी खुवाएर क्यासिनोले मलाई हरायो,’ उनको आरोप छ, ‘मैले पहिलो चोटि नै ठूलो रकम हारिसकेपछि दोस्रो दिन मलाई क्यासिनोले बाजी राख्न मनाही गर्नुपथ्र्यो। तर, उसले गरेन।’
तार्विन्दर कुख्यात बाह्रमासे हुन्। आन्टारियोमा भएका सबै क्यासिनोले उनलाई प्रवेश निषेध गरेका छन्। कारण हो, उनको उपद्रो मच्चाउने बानी।
उनले सिजर्स विन्डसोरसँग पाँच करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका छन्। उनका वकिल इयान म्याककिनोन भन्छन्, ‘तार्विन्दर जुवाको कुलतले ग्रस्त छन् भन्ने सिजर्सलाई थाहा थियो। तर, क्यासिनोले उनलाई जुवा खेल्न प्रेरित गर्यो।’
क्यासिनोले भने एक विज्ञप्ति निकाल्दै तार्विन्दरको नोक्सानीका लागि उनी नै जिम्मेवार भएको बताएको छ। ‘क्यासिनोका कर्मचारीलाई उनी जुवाको दुव्र्यसनी भएको थाहा थिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको पृष्ठभूमि थाहा पाएको भए क्यासिनोले उनलाई खेल्न दिँदैनथ्यो।’ मुद्दाको फैसला आउँदो डिसेम्बरतिर हुने तार्विन्दरका वकिल म्याककिनोनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)