जलवायु परिवर्तनको प्रभाव : हिउँ जमेन माथिल्लो डोल्पामा

जलवायु परिवर्तनको प्रभाव : हिउँ जमेन माथिल्लो डोल्पामा

डोल्पा : पुसको सकिनै लाग्दासमेत माथिल्लो डोल्पामा अग्ला डाँडाहरु सुख्खा देखिन्छन्। मंसिरको दोस्रो सातादेखि हिउँ पर्न थालेको माथिल्लो डोल्पामा हिउँ नजमेपछि स्थानीय अचम्मित भएका छन्। 

मंसिर र पुस महिनाभर लगभग आधा दर्जन पटकभन्दा धेरै पटक हिउँ परेको थियो माथिल्लो डोल्पामा तर हिउँ भने जम्न सकिरहेको छैन। 

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परेकोले पनि हिउँ परेर नजमेको हुन सक्ने धेरैको अनुमान छ। तल्लो डोल्पामा हिउँ नपर्दै माथिल्लो डोल्पा सेताम्मे हुने बेलामा माथिल्लो डोल्पामा समेत हिउँ नजम्नु भनेको जलवायु परिवर्तनको मुख्य असर रहेको पानी कार्यक्रमका जिल्ला संयोजक आङबहादुर लामाले बताए। 

हरेक वर्ष पृथ्वीको तापक्रम बढिरहेको र हिउँ कम पर्नुका साथै वातावारणमा रहेको धुलो, धुवा र फोहोरका कणले गर्दा हिउँ सिधै नपरेर पानी र हिउँ मिसिएर आउने गरेको वातावरणका विद्यार्थी योगेन्द्र बुढाले जानकारी दिए। 

करिब ४२ सय मिटरको उचाइसम्म रहेको धो तराप उपत्यका, तिन्जे उपत्याका साल्दाङ लगायतका क्षेत्रमा हिउँ जमेको छैन। खाली तुसारो जस्तो मात्रै जमेको देख्न सकिन्छ हेलिकप्टरबाट तिन्जे पुगेकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले आश्चार्य व्यक्त गरिन्। 

हिउँ धेरैपटक परे पनि नजमेकोले स्थानीय यसवर्ष तल्लो क्षेत्रमा झरेका छैनन्। सबै गाँउमा नै बसिरहेको स्थानीय कुङकातावा लामाले जानकारी दिए। उनले भने, 'चिसो छ तर हिउँ जमेन। हिउँ पनि थोरै-थोरै परेको छ। हिउँ नपरेको देख्दा हामी अचम्ममा परेका छौँ।'

अघिल्ला वर्षहरूमा हिउँले सेताम्मे रहेका माथिल्ला डोल्पाको भुभाग यस वर्ष भने पूरै सुख्खा र नाङ्गा देखिएका छन्। हिउँ पहिरोले सयौँ चौरी गुमाएका भोटवासीले यस वर्ष हिउ नजमेपछि शान्ती पाएका छन्। 

जलवायू परिवर्तनको प्रभाव परेपछि खेती र अन्य क्षेत्रमा भने ठुलो समस्या आउने संकेत रहेको आङबहादुर लामाले चिन्ता व्यक्त गरे। लामाले भने, 'यो राम्रो संकेत हैन अब बाह्रै महिना जमेको हिउँसमेत पग्लिने खतरा बढेको छ समयमा सोच्न जरुरी छ।' 

यतिबेला माथ्लिलो डोल्पाका सबै क्षेत्रमा हिउँ जम्न सकेको छैन। जमेको हिउँसमेत दैनिक पग्लिरहेको छ भने खोलामा बरफ मात्रै जमेको देख्न पाइन्छ। धेरै पटकको हिउँ परे अनुसार दुईतीन फिटसम्म हिउँ जमेको हुनुपर्ने धेरैको अनुमान रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.