राजपा केन्द्रीय नेतासहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा
राजविराज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डल तथा पूर्वसांसद बीपी यादव (विश्वनाथप्रसाद यादव) सहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सडक ग्राभेलको रकम निकासा गर्न किर्ते उपभोक्ता समिति बनाई भ्रष्टाचार गरेको आरोप उनीहरुमथि छ। मण्डल र यादवसँगै पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख (सनियर डिभिजनल इन्जिनियर) राजकुमार गोइत, सोही कार्यालयका नायब सुब्बा भागवत यादव, वीरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादवमाथि भ्रष्टाचारको मुद्दा दायर भएको हो।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिको कसुरको उद्योग भएकोले दफा २१ मा उल्लेख भएबमोजिम २५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !