दाङमा प्रदेश एक्स्पो हुने

दाङमा प्रदेश एक्स्पो हुने

दाङ : प्रदेश ५ को दुई वर्षको कार्य सम्पादन र प्रगति सार्वजनिक गर्ने गरी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश एक्स्पो हुने भएको छ। 

दाङको बेलभुण्डीमा प्रदेश सरकारले प्रदेश एक्स्पो गर्न लागेको हो। फागुन १०, ११ र १२ गते दाङको तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा  प्रदेश स्तरीय एक्स्पो कार्यक्रम गर्न लागिएको आन्तरिक मामिलिा तथा कानुनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए। 

एक्स्पोको बारेमा दाङमा छलफल कार्यक्रम आयोजनासमेत गरिएको छ। प्रदेश नम्बर ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश पाँचका स्थानीय तहको विशेष प्रस्तुति रहने प्रदेश नम्बर ५का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताए। 

त्यसैगरी १२ वटै जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनी रहनेछ। एक्स्पोमा प्रदेश मन्त्रालयले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमासमेत जानकारी गराइने छ। त्यसका लागि सबै कार्यालय र जिल्लाका छुट्टाछुट्टै स्टलहरुको समेत व्यवस्तथा गरिएको मन्त्री केसीले जानकारी दिए। 

त्यसका लागि प्रदेश सरकारले ५० लाख रुपैयाको आर्थिक खर्च प्रस्ताप गरेको छ। प्रदेश पाँच नम्बर क्षेत्रमा रहेका खनिजजन्य पदार्थ र पाइने स्थानको बारेमासमेत एक्स्पोमा राखिने छ।  एक्स्पोमा पाँच नम्बर प्रदेशभित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधिजन्य वस्तुको बारेमा समेत जानकारी गराइने छ। त्यसैगरी मगर, थारु, अवधी संस्कृतिको विशेष प्रस्तुति रहने छ। 

प्रदेश नम्बर ५को कला संस्कृति झल्काउने दुई सय जनाको विशेष टिम तयार पारेर प्रर्दशनी गरिने उनले बताए। नेपाली सेनाले एक्स्पोमा विशेषल स्टल निर्माण गर्ने बताइएको छ। 

कार्यक्रम सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठी समेत आयोजना गरिने छ। एक्स्पोको बारेमा दाङमा सरोकारवालाबीच छलफलसमेत गरिएको छ। 

छलफल कार्यक्रममा संघीय सभाका सांसद सुजिता शाक्यले केन्द्र सरकारको सन् २०२० लाई मध्यनजर राख्दै २० लाख बाह्य पर्यटक भित्र्याउने अभियानलाई एक्स्पोले थप टेवा पु¥याउने बताइन्। योगा र आयुर्वेदले एक्स्पोमा विशेष प्रस्तुति रहने सांसद शाक्यले बताइन। 

कार्यक्रममा एक्स्पो व्यवस्थापनको जिम्मा पाएको तुलसीपुर उपमहा नगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश एक्स्पो उपमहानगरका लागि अवसर भएकाले व्यवस्थापनको पक्षमा कुनै कमिकमजोरी नरहने बताए। 

 जिल्ला समन्वय समितिका दाङ संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो। मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश मन्त्रालय, स्थानीय तह, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, नेपाल संस्कृत विश्वविद्याय लगायत सदस्य रहेको मुल आयोजक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। 

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको बेलझुण्डी रङ्गशालाको प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अवलोकन गरेका छन। अवलोकनका क्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले रङ्गशाला, प्याराफिटको निर्माण कार्य माघ महिनामै सम्पन्न गरिने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.