महिलाले हाँकेको नमुना विद्यालय

महिलाले हाँकेको नमुना विद्यालय

दाङ : कुनै समय शैक्षिक गुणस्तर शून्यजस्तै रहेको दंगीशरण गाउँपालिका–७ को ज्ञानज्योति प्राथमिक विद्यालयको शैक्षिक अवस्था सुधार भएको छ। भर्ना गर्न पनि अभिभावक नाक खुम्च्याउँथे। न पढाइ राम्रो न विद्यालयको व्यवस्थापन नै। तर पछिल्लो केही समययता यो विद्यालय नमुना बनेको छ।

प्राथमिक तहमा पढाउन अभिभावकको प्रमुख रोजाइ बनेको छ। महिलाले विद्यालयको नेतृत्व हातमा लिएपछि यो विद्यालयको अवस्था फेरिएको हो। यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला मात्र छन्। भनिन्छ नि ‘महिलाले धानेको घर व्यवस्थित हन्छ’। यो विद्यालय पनि महिलाको हातमा आएपछि जिल्लाकै नमुना बनेको हो।

सबै कर्मचारी महिला मात्रै भएर सञ्चालित जिल्लाको एकमात्र विद्यालय हो। विद्यालयकी प्राधानाध्यापकको जिम्मेवारी यमकुमारी बस्नेतले सम्हालेकी छन्। उनी आएपछि शैक्षिक गुणस्तरमा सुधारमात्र होइन, विद्यालयको बाहिरी व्यवस्थापन पनि हेर्न लायकको भएको छ। सरकारी स्कुल भन्दै वास्ता नगर्ने अभिभावक पनि अहिले विद्यालयको क्रियाकलापप्रति चासो राख्न थालेका छन्।वालमैत्री कक्षा कोठा

कक्षा कोठा पूरै छापामय छन्। भित्तामा शैक्षिक सामग्री टाँसिएको छ। कक्षा कोठाभित्र बालबालिका स्वतन्त्र रूपमा पढ्छन्। महिला भएकै कारण बालबालिका आफ्नो समस्या पनि खुलस्त भन्न सक्छन्। जसले समस्या समाधानका लागि विद्यालयलाई सहज भएको छ। बालमैत्री विद्यालय घोषणा पनि गरिएको छ।

पठन सीप विकाससँगै कक्षा कोठा बालमैत्री बनाउन गरेको सहयोगले अहिले बालबालिका नियमित विद्यालय आउन थालेको बस्नेतले बताइन्। महिलाले सम्हालेको क्षेत्र व्यवस्थित हुन्छ भन्ने देखाउन आफूहरूले अठोट लिएको उनी बताउँछिन्। उनको टिममा सबैले साथ दिएका छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धी सुधार हुँदै आएको दंगिशरणका शिक्षा अधिकृत विनोद अधिकारीले बताए। विद्यालयमा अध्यापन गराउने शिक्षक सबै महिला भएपछि विद्यालयको स्तरमा सुधार आएको उनले दाबी गरे। उनले भने, ‘यहाँको सिकाइ उपलब्धी राम्रो छ, शिक्षिकाहरूको व्यवस्थापन पनि सफल देखियो।’

दाङमा ४ वर्षदेखि सञ्चालन भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम(इजिआरपी)ले विद्यालयलाई नमुना बनाउन साथ दिएको छ। विद्यालयमा भएको शैक्षिक सामग्रीको परिपूर्ति गरिइएको छ। विद्यालयमा कक्षा–४ मा अध्यनरत लक्ष्मी थापाले विद्यालयको वातावरण घरजस्तै भएको बताइन्। उनले भनिन्, ‘पहिले विद्यालय जान भनेपछि मन नै लाग्दैनथ्यो। अहिले विद्यालय र घरमा हुनु कुनै फरक छैन। घरभन्दा विद्यालय नै रमाइलो लाग्छ।’ विद्यालयमा अहिले एक सय ५० जना विद्यार्थी छन्।

विद्यालयको पठन सीप सुधारका लागि कार्यक्रमले १३४ विद्यालयलाई शैक्षिक सामग्री र दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको इजिआरपीका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले बताए। ज्ञानज्योति आधारभूत विद्यालय पनि अनुदान पाउने विद्यालयमा परेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.